हिपमत डटकम

आइतबार, मंसिर ११, २०७९ || 22824  पटक पढिएको

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अङ्कले बढेको छ।

आइतबार नेप्से परिसूचक ३२.४३ अङ्क बढेर १९६५.९८ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.३४ अङ्क बढेको छ भने फ्लोट इन्डेक्स ३.१४ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१६ अङ्क बढेको छ।

आइतबार कारोबारमा आएका २३३ कम्पनीको ४२ लाख २३ हजार कित्ता शेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ। वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी उपसमूहको १ प्रतिशतले बढेको छ।

आइतबार नेप्सेसँगै डिप्रोक्स लघुवित्तको शेयर मूल्य ८.२१ प्रतिशत बढेको छ। त्यस्तै, जीवन विकास लघुवित्तको शेयर मूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने कुमारी बैङ्क शेयर मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। आइतबार हिमालयन डिस्टिलरी कम्पनीको ४५ करोड ४ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!