हिपमत डटकम

आइतबार, मंसिर ११, २०७९ || 4168  पटक पढिएको

उत्तरी रोल्पाको थबाङ गाउँपालिका–२ कोइचबाङस्थित स्थानीय शङ्कर झाँक्री मगरको घरमा शनिबार आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको छ ।

प्रहरीका अनुसार ५८ वर्षीय झाँक्री मगरको घरमा आगलागी भएको थियो । ढुङ्गा र माटोले बनेको ढुङ्गाको छाना भएको ३ तले घरमा अचानक आगलागी भएपछि आगो नियन्त्रणमा लिन मुस्किल परेको थियो ।

प्रहरी र स्थानीयले तत्काल आगो निभाउन पहल गरे पनि सफलता नमिलेको स्थानीय शिक्षक गोविन विकले बताउनुभयो । आगलागी हुँदा घरमा कोही नभएकाले मानवीय क्षति भएन । आगलागीको कारण पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट घरमा रहेको सम्पूर्ण सरसामान, अन्नपात, गरगहना जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अध्ययन अनुसार आगलागीबाट एक करोड ६० लाख बराबरको सम्पत्ति नष्ट भएको प्रहरीले जनाएको छ ।

पीडितलाई स्थानीयले खाद्यान्नलगायत आवश्यक कपडा सङ्कलन गरेर प्रदान गरेका छन् । पीडितका लागि सहयोग सङ्कलन गर्न स्थानीय सक्रिय भएका हुन् । स्थानीय युवा अमित घर्ती मगरले अन्न तथा अन्य सामान सङ्कलन गरी युवा सङ्गठनको नेतृत्वमा पीडितलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!