हिपमत डटकम

आइतबार, मंसिर ११, २०७९ || 4207  पटक पढिएको

११ मंसिर, काठमाडौं । शक्ति मिलन समाजको सह-संस्थापक नातिसरा राईलाई भारतको प्रसिद्ध कमला भासिन अवार्ड प्रदान गरिएको छ ।

१३ वर्षको उमेरमा भारतमा बेचिएकी राईले शनिबार उक्त पुरस्कार प्राप्त गरेकी हुन् । २६ वर्ष पछि भारत फर्किएकी उनलाई उक्त पुरस्कारले सम्मान गरिएको हो ।

 

राई सह संस्थापक रहेको संस्थाले एचआइभी संक्रमित महिलाहरुको स्वास्थ्य, शिक्षा, जिविकोपार्जन लगायतमा सहयोग पुर्‍याउँदै आएको छ ।

कमला भासिनको सम्झनामा स्थापित उक्त पुरस्कार लैगिंक समानताका लागि काम गरिरहेकाहरुका लागि प्रदान गरिन्छ । उक्त पुस्कार आजाद फाउण्डेसनले प्रदान गर्दै आइरहेको छ ।

महिला अधिकारका क्षेत्रमा काम गर्नेका लागि उक्त पुरस्कार नेपाल, भारत, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, बंगलादेश, भुटान र अफगानिस्तानका नागरिकलाई प्रदान गरिन्छ । अवार्डको राशी एक लाख भारतीय रुपैयाँ रहेको छ ।

भासिनले महिलाका अधिकारका पक्षमा काम गर्दै आएकी थिइन् । कमला भासिन लेखिका समेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!