हिपमत डटकम

आइतबार, मंसिर ११, २०७९ || 1301  पटक पढिएको

प्रतिनिधि सभाको सदस्य पदमा नवनिर्वाचित मोरङ ३ का सांसद एवम् कांग्रेस नेता डा. सुनीलकुमार शर्माले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गर्नुभएको छ ।

चुनावमा मतदातासँग भोट माग्ने क्रममा उहाँले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शैया  क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गर्नुभएको हाे।

शनिबार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पाउनुभएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन  निःशुल्क सेवाको शुभारम्भ गर्नुभयो ।

मोरङ ३ का मतदाता लक्षित उक्त सेवा भविष्यमा अझ बिस्तार गरिने उहाँले बताउनुभयो ।हिजो सिफारिस चाहिन्थ्यो, राजनीतिक रुपमा सम्पर्क नभएकाहरूले सेवा लिन सक्नुहुन्न थियाे ।अब मोरङ ३ का बिरामीले मतदाता परिचयपत्र देखाएर नै यो सेवा पाउनेछन्, डा. शर्माले भन्नुभयो ।

उहाँ मोरङ ३ बाट पूर्व मन्त्री भानुभक्त ढकाललाई २२ हजार ५५६ मतान्तरले हराउनुभएको थियोे । उहाँ ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले नेता भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गर्नुभयो  ।

२०७४ मा ढकालसँग १ हजार ९०७ मतले उहाँ पराजित हुनुभएको थियोे । नोबेल अस्पतालमा ८०० बेड र १३६ वटा क्याबिन  छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!