हिपमत डटकम

आइतबार, मंसिर ११, २०७९ || 1127  पटक पढिएको

११ मंसिर, काठमाडौं । भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो ।

शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका-६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल जुधेका थिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका-७ गोलमाडीका ३२ वर्षीय सुनिल ग्वाछा घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गाडीका चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!