हिपमत डटकम

आइतबार, मंसिर ११, २०७९ || 826  पटक पढिएको

महोत्तरी — महोत्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका उपमहासिचव गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमालेका लक्ष्मी कोइरी महतो निर्वाचित भएका छन् । १५ वर्ष सांसद र पटकपटक मन्त्री भइसकेका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार आइतबार बिहान सकिएको महोत्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना परिणाममा महतो २३ हजार ४ सय २ मत ल्याई विजयी भएका छन् । उनले माओवादीका पोखरेललाई १ हजार ३० को मतान्तरले पराजित गरेका हुन् । पोखरेलले २२ हजार ३ सय ७२ मत प्राप्त गरेका थिए ।

 

पोखरेल यो निर्वाचन क्षेत्रबाट तीनपटक सांसद जितेका थिए । महोत्तरी क्षेत्र नम्बर १ बाट २०६४ को संविधानसभामा निर्वाचित भएपछि उनले लगातार २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचन पनि जितेका थिए । उनी यसबीचमा पटकपटक शिक्षा र स्वास्थ्यमन्त्री बनेका थिए । उनी २०६४, २०६५ र २०७४ सालमा मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!