हिपमत डटकम

शनिबार, मंसिर १०, २०७९ || 4231  पटक पढिएको

पशुपति क्षेत्र विकास कोषले गौशाला चोकमा रहेको मारवाडी सेवा समितिले अवैध रूपमा बनाएको संरचनामा डोजर चलाएको छ ।

 

विकास कोषको नौ रोपनी १४ आना जग्गामा बनेको भवनसहितको जग्गा कौडीको भाउमा लिजमा लिएर धर्मशाला सञ्चालन गर्दै आएको समितिलाई ३५ दिने समय दिएर अवैध संरचना हटाउन कोषले निर्देशन दिएको थियो । ३५ दिने सूचनाको समय सकिएसंगै कोषले डोजर चलाएको हो ।

कोषको स्वीकृतिबिना धर्मशाला परिसरमा बनेको करिब ४०–५० फिटको एकतले भवनमा समितिले स्वीकृति नलिएर र नक्सा पास नै नगरी तला थप्न थालेपछि उक्त कार्य रोक्न कोषले निर्देशन दिएको हो। कोषका प्रवक्ता रेवतीरमण अधिकारीले मारवाडी सेवा समितिबाट सञ्चालनमा रहेको धर्मशाला परिसरमा अवैध संरचना निर्माण गरेर नाफामूलक कार्य हुन थालेपछि थपिएका संरचना हटाउन निर्देशन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!