हिपमत डटकम

शनिबार, मंसिर १०, २०७९ || 728  पटक पढिएको

। बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने देखिएको छ । शनिबार बिहानसम्म बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ४५ सिटको नतिजा आएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १८ सिट जितेको छ ।

यस्तै नेकपा एमाले ९, माओवादी केन्द्र ७, राप्रपा ५, नेकपा एकीकृत समाजवादी पार्टी ४, नेमकिपा १, हाम्रो नेपाली पार्टी १ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

बागमती प्रदेशमा प्रत्यक्षतर्फ कुल ६६ सिट रहेको छ । दोलखाका दुई क्षेत्रबाहेक बागमतीका नतिजा आउन बाँकी रहेका प्रदेश निर्वाचन क्षेत्रमा मतगणना जारी छ । आयोगका अनुसार मतगणना भइरहेका स्थानमा कांग्रेस ६, एमाले ४, माओवादी ६, राप्रपा २ र एकीकृत समाजवादी १ सिटमा अगाडि छन् । बागमती प्रदेशमा समानुपातिकतर्फ भने झिनो मतान्तरले एमाले अगाडि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!