हिपमत डटकम

शुक्रबार, मंसिर ०९, २०७९ || 664  पटक पढिएको

दिल्ली उच्च अदालतले शुक्रबार दिएको आदेशमा अभिनेता अमिताभ बच्चनको आवाज र तस्विरको अनधिकृत प्रयोगमा प्रतिबन्ध लगाएको छ । अदालतको यस अन्तरिम आदेशमा कुनै पनि व्यक्तिले अमिताभसँग मिल्दोजुल्दो कुनै अन्य विशेषतासमेत प्रयोग गर्न नपाउने भनिएको छ ।

 

अमिताभ बच्चनले व्यक्तित्व अधिकारको सुरक्षाका लागि दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले ‘केबीसी लटरी’ मा संलग्नहरू सहित अन्य धेरैले ‘सेलिब्रेटीको रूपमा उनको प्रचार अधिकार’ को दुरुपयोग गरिरहेको आरोप लगाए ।

न्यायाधीश नवीन चावलाले आदेश सुनाउँदै भने, ‘अमिताभ बच्चन चर्चित नाम हो भन्नेमा कुनै शङ्का छैन । यो चरणमा उनलाई राहत नदिए अपूरणीय क्षति र अपमान हुनेछ ।’ न्यायाधीशले भने, ‘प्रथम दृष्टिले वादीको मुद्दाबाट अन्तरिम राहत दिनुपर्छ भन्ने मेरो विश्वास छ ।’

अदालतले टेलिकमका अधिकारीहरूलाई अमिताभको अधिकारको उल्लंघन गर्ने सामग्री दिने वेबसाइटलाई हटाउनका लागि कारवाही गर्न निर्देशन दिएको छ ।

अदालतले दूरसञ्चार सेवा प्रदायकहरूलाई कानुन उल्लंघन गर्ने खालका सन्देश पठाउने फोन नम्बरहरू ब्लक गर्न पनि आदेश दिएको छ ।

अमिताभको मुद्दा पेश गरिरहेका वरिष्ठ अधिवक्ता हरीश साल्वेले भने, ‘यो रोक मुद्दामा समावेश हुने व्यक्तिविरुद्ध मात्रै नभई अज्ञात पक्षविरुद्ध पनि लगाइयोस् जसले अमिताभ बच्चनको प्रचार अधिकारको शोषण गर्न सक्छन् ।’

उनका अनुसार लटरीत्रबाहेक अभिनेताको नामबाट डोमेन नाम पनि दर्ता गरिएको छ । यसमा ‘अमिताभ बच्चन भिडियो कल’ र उनको तस्बिर भएको टी–शर्ट पनि छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!