हिपमत डटकम

शुक्रबार, मंसिर ०९, २०७९ || 787  पटक पढिएको

लुसेल रंगशालमा बिहीबार राति भएको समूह ‘जी’ को खेलमा ब्राजिलले सर्वियालाई २-० गोलले हरायो । ब्राजिलको जितमा रिचार्लीसन नायक बन्नुभयो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा रिचार्लिसनले ६२औं र ७३औं मिनेटमा दुई गोल गर्नुभयो ।

पहिलो हाफमा पनि ब्राजिलले लगातार गोलको अवसर बनाएको थियो । पहिलो हाफमा औसत प्रदर्शन गरेको सर्वियाको अन्तिमसम्म गोल फर्काउने योजना सफल भएन ।

जितसँगै ब्राजिलले तीन अंक बनाएको छ । यस समूहमा स्वीट्जरल्यान्डको पनि तीन अंक छ । बिहीबार भएको खेलमा स्वीट्जरल्यान्डले क्यामरुनलाई १-० गोलले पराजित गरेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!