हिपमत डटकम

शुक्रबार, मंसिर ०९, २०७९ || 651  पटक पढिएको

म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड अनुसार नियुक्त भई जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत प्रहरी कार्यालयहरूमा कार्यरत रही निर्वाचनका लागि जिल्लाका विभिन्न मतदान स्थल, मोबाइल तथा रिजर्भ डिटीमा खटाइएका उहाँहरूलाई निर्वाचन सम्पन्न भएसँगै बिदाइ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले म्यादी प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको र उहाँहरूलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ पूरा गर्नुभएको बताउनुभयो ।

बिदाइ कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै प्रमुख प्रहरी उपरीक्षक अधिकारीले अनुशासित, त्रुटिरहित ढङ्गले निर्वाचन कार्य स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन म्यादी प्रहरीले अहम् भूमिका निर्वाह गराउन सफल भएको बताउनुभयो ।

निर्वाचनका लागि खटिनुभएका म्यादी प्रहरीहरूलाई उहाँले प्रमाणपत्र प्रदान गर्नुभएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!