अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासंग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ । यही फाल्गुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका-३ का २४ बर्षीय मुकेश कुमार महत्तोले सोही दिन
आफ्नै बुबालाई अपहरणमा परेको भनी फोन गरेका थिए । घटना बारेका जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा फाल्गुन २६ गते सुनसरीको भान्टावारीमा मुकेश कुमारलाई फेला पारिएसंगै अपहरण नभई अपहरणको नाटक भएको खुल्न आएको हो । मुकेश पक्राउ परेसंगै फिरोतीको रकम सहित निजकै घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशीलाई समेत पक्राउ गरी आजै जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!