बुधबार, फाल्गुण २८, २०७६ || 866  पटक पढिएको

झापाको मेचीनगर नगरपालिका-६ मेची डाँडाबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पौने २ बजे सुनसरीको धरान उप-महानगरपालिका-८ का २६ बर्षीय
कृष्ण दाश दर्जीलाई १६ ग्राम नियन्त्रीत लागुऔषध खैरो हेरोइन सहित पक्राउ गरेको हो । भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेका दर्जीलाई चेकजाँच गर्ने क्रममा दर्जीले लगाएको पाईन्टको गोजीमा रुमालमा पोको पारेर राखेको अबस्थामा उक्त परिणामको लागुऔषध बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका दर्जीको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!