हिपमत डटकम

सोमबार, कार्तिक २८, २०७९ || 10677  पटक पढिएको

विराटनगर। विराटनगर महानगरपालिकाले डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियानलाई तीव्रता दिएको छ ।

डेंगु सार्ने लार्भा नियन्त्रणका लागि महानगरले स्प्रे गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिको उपस्थितिमा वडा नम्बर ४ बाट स्प्रे गर्न सुरु गरिएको थियो । मेयर नागेश कोइरालाको निर्देशनमा स्प्रे गर्ने अभियानलाई तीव्रता दिइएको स्वास्थ्य महाशाखा प्रमुख अलिले जानकारी दिए । हरेक दिन २ वटा मेसिनबाट स्प्रे गर्ने कार्य भइरहेको छ । महानगरका १९ वटै वडामा स्प्रे गरिनेछ ।

यसअघि महानगरले स्वास्थ्यकर्मीलाई प्रशिक्षण, सरोकारवालाहरुसित छलफल, हरेक वडामा महिला स्वयम्सेविकाका र जनप्रतिनिधिहरुलाई अभिमुखीकरण सञ्चालन गरिएको थियो । हरेक हप्ता सबै वडामा डेंगुको संक्रमण सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन भइरहेको छ । गमलाको पानी, टायर, जमेको पानी, कुलर र एसीको पछाडिको पानीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टेले फूल पार्छ । जसको टोकाइबाट डेंगुको संक्रमण हुन्छ । हालसम्म महानगरमा १४८ जना डेंगुका बिरामी फेला परेका छन् । महानगरको सक्रियताका कारण विगतमा भन्दा डेंगुको संक्रमण कम हुँदै गएको अलिको दाबी छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!