हिपमत डटकम

आइतबार, कार्तिक २७, २०७९ || 1941  पटक पढिएको

नेपालगञ्ज, कात्तिक २७ गते । नेपालगञ्जका पुराना सहरी बस्तीहरू भूकम्पको उच्च जोखिममा छन्। पछिल्लो पटक गरिएको एक सर्वेक्षणले नेपालगञ्जका पुराना र घना बस्ती भएको सहरी क्षेत्र अत्यधिक जोखिममा रहेको देखाएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले तयार गरेको सर्वेक्षण प्रतिवेदनले उपमहानगरका बढी जनघनत्व भएका र पुराना बस्तीहरू अत्यधिक जोखिममा रहको देखाएको हो।

सहरी विपत् तथा भूकम्पीय जोखिमका हिसाबले सर्वेक्षण गरिएका वडा नम्बर ३ र ७ को जनघनत्व बढी भएका बस्ती उच्च जोखिममा देखिएका हुन्। विपत् प्रतिकार्य पूर्वतयारीलाई प्रभावकारी बनाउन जोखिमयुक्त बस्ती मानिएका नेपालगञ्जका वडा नं. ३ र ७ लाई छनोट गरी अध्ययन गरिएको थियो।

संरचनात्मक इन्जिनियरिङ विशेषज्ञ सन्तोष श्रेष्ठले पुराना घरहरू र साँघुरा बस्तीहरू भूकम्पको उच्च जोखिममा रहेकाले पूर्वतयारी आवश्यक रहेको बताउनुभयो। नेपालगञ्ज उपमहानगरपालिकामा भूकम्पीय सुरक्षाका मापदण्ड कडा रूपमा लागू गर्दै विपत् न्यूनीकरणका लागि पुराना र घना घर भएका वडालाई छनोट गरी एक हजार ४०८ घरको दु्रत सङ्कटासन्नता सर्वेक्षण गरिएको उहाँले बताउनुभयो।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले भूकम्पको उच्च जोखिममा रहेको क्षेत्रलाई सुरक्षित बनाउन गर्न सबै उपाय अपनाउने बताउनुभयो। उहाँले सर्वेक्षणले देखाएको परिणाम गम्भीर किसिमको भएको र सो विषयमा थप योजना बनाइ सम्बन्धित सबैको सहयोग लिएर कार्यान्वयनमा जानुपर्नेमा जोड दिनुभयो।

सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा उपमहानगरपालिकाका कार्यपालिका सदस्य वसन्त कनोजिया, दातृ संस्था युनिसेफका प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धनसिंह सम्झना, रेडक्रस बाँके शाखाका उपनिर्देशक, आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवाली, इन्जिनियरहरू शैलेश श्रेष्ठ, प्रकाश डीसीलगायतको सहभागिता रहको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!