हिपमत डटकम

आइतबार, कार्तिक २७, २०७९ || 624  पटक पढिएको

दाङ, कात्तिक २७ गते । दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन् । क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो । क्षेत्र नं १ मा एक सय ५२, क्षेत्र नं २ मा एक सय ४६ र क्षेत्र नं ३ मा एक सय ६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताउनुभयो । त्यस्तै जिल्लामा एक सय ५३ मतदान स्थल छन् ।

जिल्लाका तीन निर्वाचन क्षेत्रमा मात्रै तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन् भने पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सामग्रीसमेत जिल्लामा आइसकेको निर्वाचन अधिकारी भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!