हिपमत डटकम

आइतबार, कार्तिक २७, २०७९ || 428  पटक पढिएको

काठमाडौँ, कात्तिक २७ गते । नेपाल भ्रमणमा रहनुभएका चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली चुनले शनिबार हनुमानढोका दरबार सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ। २०७२ को भूकम्पमा क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदाको पुनर्निर्माणबारे जानकारी लिन उहाँ नेपाल भ्रमणमा आउनुभएको हो। चीन सरकारको सहयोगमा ती सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ।

काठमाडौँको वसन्तपुर क्षेत्रको नौतले दरबारको पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माण सम्पन्न भएसँगै दरबार पहिलेकै मौलिक स्वरूपमा फर्केको छ। २०७२ सालको भूकम्पले सो दरबार पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।

कोभिड–१९ को महामारीका कारण स्वदेश फर्केका चिनियाँ प्राविधिक र कामदार टोली गएको वैशाखमा नेपाल आएसँगै नौतले दरबारको दरबारको पुनर्निर्माण पुनः सुरु भएको थियो। २०७६ चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दीभन्दा पहिला चिनियाँ प्राविधिक टोली स्वदेश फर्केकाले पुनर्निर्माणको काम ठप्प भएको थियो।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!