हिपमत डटकम

आइतबार, कार्तिक २७, २०७९ || 674  पटक पढिएको

पर्सा निर्वाचन क्षेत्र नं. ४ “ख”को जसपा एमाले गठबन्धनका साझा उम्मेदवार सिंगासन साह कलवारले मधेश प्रदेशमा करोडौं करोडको ठेक्का लिई अलपत्र पारेकै कारण यसपालि उनलाई मतदाताहरुले मत नदिने अडान लिएर बसेका छन् ।

निवर्तमान प्रदेशसभा सदस्य सिंगासन साह कलवार २०७४ सालको निर्वाचनमा निर्वाचित भए देखि नै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई प्रभावमा पारी अबौंको ठेक्का हात पार्न सफल भएका थिए । भ्रष्ट प्रवृतिका सिंगासनले ठेक्का लिए पनि उनी अधिकांश कामहरु अधुरै छाडेका छन् भने कतिपय योजनाहरु अधुरै रहेपनि काम भन्दा बढी बजेट निकासा गराएको स्रोतले जनाएको छ ।

कलवार मधेश आन्दोलनको हावा चलेको बेला २०७४ सालमा पर्साको निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट जितेका थिए ।
मुख्यमन्त्री लालबाबु राउत गद्दीसँग घनिष्ट सम्बन्ध बनाई सिंगासनले प्रदेश सरकारबाट पोखरी सौन्दर्यकरण, सडक निर्माण लगायतका अधिकांश ठेक्का आफु संलग्न रहेको कम्पनीलाई पार्न लगाएको पाइएको छ । उनी पर्सा जिल्लामा मात्र ३० करोड ४३ लाख रुपैयाँमा ३ वटा पोखरी सौन्दर्यीकरणको ठेक्का लिएका छन् ।

मुख्यमन्त्री कार्यालयबाट लगाइएको ठेक्का ३ वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि हालसम्म कुनै पनि पोखरी सौन्दर्यीकरणको काम पुरा नभएकोले यसपालि उनलाई भ्रष्टाचारी भन्दै मतदाताहरु हराउनमा कम्मकर कसेर लागेको बुझिएको छ ।
रञ्जन निर्माण सेवाले वीरगंजको मुर्ली पोखरी ९ करोड ९७ लाख र वीरगंजकै नगवा पोखरी १० करोड रुपैयाँ ठेक्का पाएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा पाएको पोखरी सौन्दर्यीकरणको ठेक्का ३ वर्षको अवधिमा सम्पन्न गर्नुपर्ने थियो, तर अवधि भित्र सम्पन्न नगरी पुनः म्याद थपको लागि निवेदन दिएको बुझिएको छ ।

मुर्ली पोखरीमा काम गरेर साढे ५ करोड र नगवा पोखरीमा काम गरे वापत करिब ४ करोड रुपैयाँ भुक्तानी रन्जन निर्माण सेवाले लिइसकेको बताईएको छ । वीरगंजको नगवा र मुर्ली पोखरी अहिले २५ प्रतिशत पनि काम पुरा नभएको नगवाका राजदेव पटेलले बताए ।
२०७५÷७६ मै रन्जन निर्माण सेवाले छिपहरमाईको पोखरी पनि सौन्दर्यीकरण गर्ने काम पाएको थियो । १० करोड ४४ लाख रुपैयाँको सो ठेक्काको २ करोड रुपैयाँ निकासा भइसकेको छ । तर, पोखरी अलपत्र छ । यस्ता थुप्रै योजनाहरु अलपत्र छोडेपनि निकासा भएको बजेटबाट मतदाताहरुलाई रिझाई यसपालि पनि चुनाव जित्ने दाउमा रहेको उनकै एकजना सहयोगीले नाम न छाप्ने शर्तमा बताएका छन् ।

एक पल्ट जिताएपछि करोडौं करोड भ्रष्टाचार गर्न पल्केका कलवारलाई यसपालि पनि जिताए उनले अर्बौसम्म भ्रष्टाचार गर्न सक्ने भएकाले उनलाई कुनै पनि हालतमा नजिताउने मतदाताहरुको मानसिक्ता रहेको चर्चा व्यापक रुपमा चलिरहेको पाईएको छ । यस्ता समाजका कलंकित, भ्रष्टचारीहरुलाई चुनाव नै लडन नपाउने नियम बनाउन आवश्यक रहेको सचेत नागरिकहरुले बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!