हिपमत डटकम

शनिबार, कार्तिक २६, २०७९ || 1306  पटक पढिएको

काठमाडौं, कात्तिक २६ गते । काठमाडौं क्षेत्र नम्बर १० को प्रतिनिधिसभा सदस्यको लागि नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार बन्नुभएका अन्जना विशन्खेको घरदैलो कार्यक्रममा महिला मतदाताहरू उत्साहित देखिनुभएको छ ।

पहिलो पटक सो क्षेत्रबाट महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रनुभएका कारण महिला मतदाताहरू उत्साहित भएका हुन् ।

जनआन्दोलनपछि भएका प्रतिनिधिसभाको निर्वाचन र उपनिर्वाचन र संविधानसभाको निर्वाचन गरी सो क्षेत्रमा आठौँ पटकसम्म निर्वाचन सम्पन्न हुँदैछ । यसअघिका निर्वाचनमा मुख्य दलहरूबाट शीर्षस्थ नेतृत्वतहदेखि उम्मेदवार बन्नुभएका सबै पुरुष उम्मेदवार हुनुहुन्थ्यो ।

चन्द्रागिरि नगरपालिकाको बोसीगाउँ सतुंगलका स्थानीय रहनुभएका उम्मेदवार विशेन्खेले पनि महिला मतदाताहरूमा ध्यान केन्द्रित गर्नुभएको छ । उहाँ यसअघि पनि सो क्षेत्रको प्रतिनिधित्व गर्नुहुँदै समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभाका सांसद बन्नुभएको थियाे ।

सत्ता गठबन्धन, नेकपा (माओवादी केन्द्र) र क्षेत्र नम्बर १० को मुद्दालाई लिएर मतदातामाझ पुग्नुभएका उम्मेदवार विशन्खेले आधा आकाश ओगटेको महिला समुदायको प्रतिनिधित्व संसदमा भएपछि महिला हकअधिकार र समानताका सिद्धान्तलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सजिलो हुने विश्वास दिनुभएको छ ।

”राज्यव्यवस्थामा सबैको समान हक अधिकार भएकाले मतदाताहरूले पहिलो पटक महिला उम्मेदवारको माया गर्नुहुनेछ, धेरै पटक पुरुष हेरियो, एकचाेटी महिला छान्नुस् ।” भनेर महिला मतदातासँग मत माग्नुभएको छ ।

यसैबीच, कीर्तिपुरका स्थानीय मतदाता सङ्गीता उप्रेतीले पहिलो पटक महिला उम्मेदवार बन्नुभएकोमा खुसी भएको व्यक्त गर्नुभयो । उहाँले उम्मेदवार बन्न पाउनु नै महिलाको लागि पहिलो खुड्किलो पार गरेजस्तै विजयी हुने बाटोमा अग्रसर हुन उम्मेदवार विशेन्खेलाई बधाई दिनुभयो ।

यस्तै, फर्पिङका स्थानीय मतदाता मीना बलामी महर्जनले पनि पहिलो पटक महिला उम्मेदवार बन्नुभएकोमा महिलाले पनि केही गर्न सक्छ भन्ने पुष्टि भएको बताउनुहुन्छ ।

मातातीर्थस्थित अमरावती हाउजिङ्गका मतदाता निगिता पुनले जीतहार जोसुकैको भए पनि महिला उम्मेदवारको कारण सम्पूर्ण महिलाको शिर उँचो भएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!