हिपमत डटकम

बिहिबार, कार्तिक २४, २०७९ || 1001  पटक पढिएको

विराटनगर । दलहरुलाई निशेध गरिएको विराटनगरको जामुनगाछीमा डा. शेखरकोइरालालाई भव्य स्वागत गरिएको छ । विहिबार तरुणदल मोरङले आयोजना गरेको चुनावी सभामा जामुनगाछीका स्थानीयहरुले डा. शेखर कोईरालाको उमेदवारहरुको टिमलाई स्वागत गरेका हुन ।
जामुनगाछी हुदै सुनसरी जोडने हुलाकी राजमार्ग निर्माणमा सरकार र राज्यको उदाशिनताले विगत ४ वर्ष देखि सडक नबन्दा सास्ती भोग्दै आएका सर्वसाधारणले नेताहरुको फोटो टाँसेरको व्यानर बनाएर प्रचार गर्दै सडकमा ढाट लगाएर टोल प्रवेशनिशेध गरेका थिए ।

तर आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गएपछी सडक बन्ने आशमा स्वागत गरेका हुन । कोईरालासंग गठबन्धन दलका प्रदेश ६(१) का उमेदवार केदार कार्की र ६ (२) का उमेदवार जिवन आचार्य , लगायतका नेता तथा कार्यकर्ताहरुको टोलिलाई स्वागत गरेका हुन । चुनावी सभालाई संम्बोधनका क्रममा गठबन्धनका उमेदवारले चुनाउ जितेको केहि महिना भित्र काम शुरु गर्ने प्रतिबद्धता जनाउनुभयो । डा. कोइरालाले भन्नुभयो, मलाई चुनाउ जिताउनुस डेढ महिना भित्र सडक बन्छ,।

मोरङ क्षेत्र न. ६ का प्रतिनिधि सभाका उमेदवार समेत रहेका डा. कोइरालाले सुशान विना मुलुक सम्बृद्ध हुन नसक्ने बताउदै भ्रास्टाचार न्युनिकरण गर्दै देश बिकासमा अघाडि बढ्ने प्रतिबद्धता दोहोर्याउनुभयो । उहाँले कांग्रेसले कोख देखि शोक सम्म जनतालाई फाईदा हुने काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले भन्नुभयो, कोख देखि शोक सम्म अर्थात शिशुको गर्भा अवस्था देखि मर्दा सम्म पनी हामि क्रिया खर्चको प्रबन्ध गछौ त्यसैले यो पटक जिताउनुस ,।

प्रदेश १ का आन्तरीक मामिला मन्त्री तथा प्रदेश ६ (२)का कांग्रेसका उमेदवार केदार कार्कीले विकासकालागी आन्दोलन गर्न पाउनु जनताको अधिकार भएको उल्लेख गर्दै आसन्न मंशिर ४ को चुनाउ जिताए सो सडक निर्माणको काम प्रदेश १ का सांसदहरुले अघाडि बढाउने बताउनुभयो ।
त्यसैगरी गठवन्दन दल माओवादी केन्द्रका ६ (१) का उमेदवार जिवन आचार्यले क्षेत्रको बिकास र सम्बृद्धिकालागी एक पटक मौका दिन आग्रह गर्नुभयो । उहाँले चुनाउ जिताए सडक निर्माण गर्न समेत सजिलो हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थानीयले जामुन गाछी हुदै सुनसरी जोड्ने सडक निर्माण गर्न अनुरोध गर्दै क्षेत्र न ६ का प्रतिनिधि सभाका उमेदवार डा शेखर कोईरालालाई ज्ञापन पत्र बुझाएका छन । उनिहरुले गएको प्रतिनिधि सभाको निर्वाचनमा समेत एमाले नेता लाल बाबु पंडितलाई ज्ञापन पत्र बुझाएको स्मरण गर्दै पंडितले धोखा दिएको बताउनु भयो ।

जामुन गाछी हुदै सुनसरी जोडने हुलाकी सडकको धुलोले घर–घरमा पस्कीएको खानामा समेत पर्ने गरेको छ । त्यसैले सो सडक निर्माण गर्ने क्षमता भएको नेता डा. शेखर कोईरालाको टिम भएकाले चुनाउ जिताउन आवाश्क छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!