हिपमत डटकम

बिहिबार, कार्तिक २४, २०७९ || 1104  पटक पढिएको

विराटनगर । देशलाई बिकास र समृद्धिमा लैजान नेकपा एमाले र जनता समाजबादी पार्टीको चुनावी तालमेल भएको ती पार्टी सम्बद्ध नेताहरुले बताएका छन ।

विराटनगर–१४ स्थित रामजानकी मन्दिर परिसरमा बिहीबार भएको चुनावी सभालाई सम्बोधनगर्दै नेकपा एमाले र जसपाका नेता तथा उम्मेदवारहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्नुहुँदै एमाले नेता भुराज राईले अग्रमण र राष्ट्रिय एकताका निम्ति जसपासंग चुनावी तालमेल भएको बताउनुभयो ।

अहिलेको अवस्थामा एमाले र जसपा सम्मिलित सरकारले मात्र मुलुकलाई निकास दिनसक्ने उहाँले दाबी गर्नुभयो । एमालेका नगर अध्यक्ष सागर थापाले निर्वाचनपछि समृद्धि र विकाशका निम्ति एमाले जसपाको सरकार बन्ने दाबी गर्नुभयो ।

प्रदेश एकका स्वास्थ्य मन्त्री एवम जनता समाजबादी पार्टीका तर्फबाट मोरङ ५ ख बाट उम्मेदवार जयराम यादवले नेकपा एमाले कार्यकर्ताहरुको संगठित र अनुसाशित पार्टी रहेको बताउनुहुँदै एमाले जसपाको तालमेलले मुलुकलाई अग्रगामी गति दिने बताउनुभयो ।

जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष एवम मोरङ क्षेत्रनम्बर ५ बाट प्रतिनिधि सभा सदस्य राजकुमार यादवले नेपाली काँग्रेस र नेकपा माओबादीले षडयन्त्र गरेर जसपालाई कमजोर बनाउने खेल रचेपछि एमाले–जसपा तालमेल भएको दाबी गर्नुभयो ।

निर्वाचनपछि पनि एमाले र जसपाले केन्द्रदेखी प्रदेश सम्म सरकार बनाएर मुलुकको बिकाशमा जुट्ने उहाँको भनाई थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर आएका कार्यकर्ताहरुलाई नेकपा एमालेमा प्रवेश गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!