हिपमत डटकम

बिहिबार, कार्तिक २४, २०७९ || 808  पटक पढिएको

दमक, कात्तिक २४ गते । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिगो विकास लक्ष्य हासिल गर्न सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । उहाँले ग्रामीण क्षेत्रको विकासमा सहकारीको भूमिका अतुलनीय हुने भन्दै यसतर्फ ध्यान केन्द्रित गर्न सहकारीकर्मीलाई आग्रह पनि गर्नुभएको छ ।

झापा निर्वाचन क्षेत्र नं. ५ का सहकारीकर्मी तथा सहकारी अगुवासँग दमकमा भएको अन्तक्र्रियामा उहाँले सहकारी क्षेत्रलाई विशेष रूपमा ग्राह्यता दिएर अगाडि बढ्न सुझाव दिनुभयो । यो उहाँको निर्वाचन क्षेत्र हो ।

“अर्थतन्त्रको तीनखम्बे नीतिमा सहकारी समेटिएको भए पनि अझ विस्तृत रूपमा यसलाई परिभाषित गरेर अगाडि बढ्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

सहकारीको सेवा गाउँमा केन्द्रित गरेर आर्थिक गतिविधिलाई ग्रामीण क्षेत्रसम्म पु-याउन सहकारी संस्थाले निर्वाह गरेको भूमिकालाई आत्मसात् गर्न उहाँले आग्रह गर्नुभयो ।

सन् २०३० भित्र दिगो विकास एजेन्डाका १७ वटा लक्ष्य र १६९ वटा सहायक लक्ष्य प्राप्त गरेर मुलुक विकाशशील राष्ट्र बनाउनुपर्ने दायित्व रहेको भन्दै यसमा सहकारी संस्थाले अगुवाइ गर्नुपर्नेमा ओलीले जोड दिनुभयो । धेरै महिला सहकारी संस्थामार्फत आर्थिक उपार्जनमा जोडिएको भन्दै ओलीले यसलाई अझ सशक्त बनाउन सुझाव दिनुभयो ।ओली मङ्गलबार आफ्नो गृह जिल्ला झापा आउनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!