आइतबार, फाल्गुण २५, २०७६ || 1165  पटक पढिएको

पुस्तक :- जीवन र सपना
लेखक:- हिमाल सुब्बा”गुराँस ”
विधा:- कथा सङ्ग्रह
प्रकाशन:- पढ्ने घर,दमक
प्रकाशन मिति :-पहिलो संस्करण २०७१
पृष्ठ सङ्ख्या:- ४३
मूल्य :- १००

“जीवन र सपना” पढ्ने घरको बाट प्रकाशित भएको सङ्ग्रह हो। यस पुस्तकमा लामा छोटा गरी १० वटा कथा रहेका छन्। कथाकार हिमाल सुब्बा”गुराँस ” को पहिलो कथा सङ्ग्रह हो। दोस्रो कथा बाट यस सङ्ग्रहको नाम जुराइएको छ। यस भन्दा अगाडि गुराँसका कविताहरु २०६३, गुराँसका हाइकुहरु प्रकाशित भइसकेका छन्। रुवाइ संग्रह,कविता संग्रह र सामाजिक उपन्यास प्रकाशोन्मुख अवस्थामा रहेको छ।

पहिलो कथा “परदेशी” रहेको छ। देउराली गाउँको यस कथामा गाउँको वर्णन सँगै कथा अगाडि बड्छ। सानो झुपडी रातो माटोले पोतिएको यस घरमा जेठो र उसको परिवार बसेको हुन्छ। ऊ धनवीरे साहुकोमा काम गर्छ। जेठा लाई चिन्तामा देखि कारण सोध्दा केही भन्न मन लागेको कुरा गर्छा। यहीँ जति नै दु:ख गरेपनि छाक टार्न गार्‍हो भएको कुरा सुनाउँछ साथै ऊ भोलि नै मुग्लान जाने कुरा गर्छ।

ठूलीले धेरै रोक्ने कोसिस गर्छे। अन्तत: जेठा मुग्लान लाग्छ। समयले नेटो काट्दै कयौं वसन्त अाउँछ जान्छ तर अह जेठा आउँदैन। छोराछोरी ठुला भईसकेका हुन्छ। यसरी जेठो आउँने आसैआसमा कथा समाप्त हुन्छ।

दोस्रो कथा “जीवन र सपना” मा म पात्र बाट उठान गरिएको छ। यस कथामा चारैतिर देखिने कोइलाको कथा छ भनौ यो कोइला खानीको कथा हो। जहाँ केवल पाल टागेका स-साना क्याम्पहरु छन्। उजाड यहाँका मानिसहरु धनका पछि मात्र दौडिएका छन्। जब म पात्र कोइला कटिङ्ग गर्न जान्छ। केवल अन्धकार मात्र पाउँछ। हातका फोका संगै घरको समस्या पहाड अगाडि हुने गर्छ। खर्चको अभाव। ठाउँ सर्दा पनि धोका दिने साथीहरू। अन्तत: म पात्रको भेट गुल्मीका जीवन सँग हुन्छ। एकदिन जिवनले आफ्नो कहानी भन्छ। धनी परिवारको ऊ अनि गरिब परिवारको केटी। बाउँले थाहा पाई केटीको परिवारलाई गाउँबाट भगाएको। आफु बिद्रोह गरि यहाँ सम्म आईपुगेको। आफु संगै आएको साथीको मृत्यु।

जीवनले भयानक सपना देख्छ। म पात्र ले सम्झाउँछ। दुबै काम गर्न थाल्छन्। एक्कासी गर्लम्म गरेको आवाज आउँछ। यसरी जीवनको जीवन सपना देखे जस्तै गरी प्राण उडेर जान्छ। धेरै जना साथीहरू मृत्युको साक्षी म पात्र आफ्नै गाउँ फर्किन्छ।

तेस्रो कथा “गाड्धन” कथाकारले यस कथामा पात्रहरुलाई गाउँको सेयर गराएका छन्। जहाँ वीरबहादुरको सानो घर छ। सात बिघा खेत एक्लै गर्ने वीरबहादुरका बुडा बा-आमा,सानो भाइ,श्रीमती र काखे छोराछोरी छन्।
एकदिन सपनामा जुनेली रातमा सेतो कपडा लाएको साधुले वीरबहादुर लाई गौरीखेतमा लान्छ। रातिको बार्ह्र बजे एक्लै आएर कालो बोको र एक जोडि परेवा चडाउनु म तँलाई धेरै सुन र चाँदीको पैसा दिई धेरै धनी बनाउँछु। यति भन्दा उसको निन्द्रा खुल्छ। यस्तो सपना बारम्बार आए पनि वीरबहादुरले खासै वास्ता गर्दैन।

एकदिन खेतमा टहटह जुनमा आली लगाउँन थाल्छ। काम गर्दै गर्दा गाग्री मा सुन र चाँदी देख्छ। ऊ यी सबको वेवास्था गर्दै गर्छ। घरमा सबै कुरा श्रीमतीलाई सुनाउँछ वीरबहादुर ले। एकदिन गौरीखेत जोत्दै गर्दा अचानक वीरबहादुर र एउटा गोरु टाउको हिलोमा गाडिन्छ। गाउँलेले निकाल्छन्। केही बेरमा वीरबहादुरले अन्तिम श्वास फेर्छ अनि सधैं लाई यस संसार बाट बिदा लिन्छ।गौरी खेतमा भुइँचालो अाए झै जमिन हल्लिन्छ। गाडधन आफै देबिथान तिर जान्छ। गाउँलेहरु वीरबहादुरको आत्माले शान्ति पाअोस भनी कामना गर्छन्।

चौथो कथा “धन बहादुर” रहेको छ। मालबाँसे गाउँको कथा जहाँका मानिसलाई ३/४ महिना मात्र त्यहाँको उब्जनीले खान पुग्छ। बाकि समय अरुको गाउँमा काम गर्न जानुपर्ने बाध्यता रहेको छ। भरियामा जान्ने बुझ्ने धन बहादुर अगाडि अगाडि हुन्छ। लामीटारको उकालो जंगलमा बाँस बस्छन्। लामो यात्रा पछि बुधबारे हाटका साहुलाई सामान जिम्मा लाउँछन्। आएको पैसाले केही सामान किनी घर फर्किन्छन्। धन बहादुर घर फर्कि श्रीमती मनमाया सामान र पैसा जिम्मा लाउँछ। धन बहादुर को यसरी नै जीवन चलिरहेको हुन्छ। धन बहादुर निन्द्रामा चौतारीमा भारी बिसाउँछ। अनुहार धुई पानी पिउँछ। उसको ध्यान अगाडिको धारा छेउको कालो ठुलो ढुङ्गोको टोड्का भित्र पानीमा हिल्ली मोती बलिरहेको देख्छ। यसरी धन बहादुर कयौं दिन यस्तै सपना देख्छ। बिहानी पखको यस्तो सपनमा खासै वास्ता गर्दैन।

एकदिन सपना देख्ने बितिकै उठेर हिड्छ। सपनामा देखे झै हिल्ली मोती देख्छ। देवीथानमा कालो बोको भाकल राखी छिनोले निकाली घर लिएर जान्छ। एकदिन छिल्ली मोती भएको कुरा लाहुरे लाई भन्छ। लाहुरेले पैसामा त्यो सामान किनी धन बहादुर लाई पैसा दिन्छ। यहीँ बाट धन बाहदुर धनी हुन्छ।अब सबैले धन बहादुर ज्यू भनी बोलाउँछन्।

पाँचौ कथा “लम्बाइ बूढी”पुस महिना घाँस काट्न हिड्न लागेका हुलाकीकी छोरी र सुुखमाया बाट कथा सुरु हुन्छ। एउटा अनौठो प्राणीले सुखमायालाई लखेट्छ। गाउँलेहरुले अनेकौं नाम दिन्छन्। घाँस झार्न रुखमा चढेकी हुलाकीकी छोरी उतै हुन्छिन्। पछि हातहतियार सहिले गाउँले खोज्न जान्छन्। हुलाकीकी छोरी भुईमा लडेकि हुन्छिन्। घरमा ल्याई उपचार गर्दा पनि जस्ताको तेस्तै हुन्छन्। अन्तत: धामीले सातो वनको लम्बाई बूढीले लगेको बाँच्न गार्‍हो छ भन्छ।

छैटौं कथा “जम्का भेट”कमानसिंह ज‍ो हट्टाकट्टा र बलियो छ। भुतप्रेत केही मान्दैन। राती खेतबाट आउँदा बाटामा तर्साउदा पनि उसले केही हैन भनी हिडिरहयो। एकदिन जङ्गलमा रुख चडि घाँस काट्दै गर्दा पारि पाखामा बाट अनौठो आवाज सुनी कमानसिंह उतै हेर्छ। अजंगको त्यो नजिकै ऊ पनि रुख बाट ओर्लन्छ। ठूलो त्यस रुखको दुबै छेउमा हुन्छन्। त्यो अनौठो प्राणीले दुबै हातले समाउन खोज्छ कमानसिंहलाई। अन्तमा हिम्मत लिएर त्यो अनौठो प्राणीको दुबै हात समाई मोही पारे जस्तो गरी तानिरहन्छ। ठुलो पीडा दायक चिच्याहट सुनी छोडिदिन्छ अनि घर तिर कुद्छ।

सातौं कथा “आफैंले निम्त्याएको काल” गौरीमानको कथा। बाख्राको बथान संगै एउटा नयाँ बोका आउँछ। लोभ लागि बोकालाई खसी बनाउछ। नजिकैको गाउँको वीरमान आफ्नो हराएको बोका खोज्दै आउँछ। गौरीमान आफू संग नभएको कुरा गर्छ। तर गौरीमानको सानो नानी ले साचो कुरा भन्छ। मान्छे भेला हुन्छन्।सबैले बोका चोरी गरेको ठहर गर्दै गौरीमानलाई गालि गर्छन्। बेईजत थाम्न नसकेर गौरीमानले आत्महत्या गर्छ।

आठौं कथा “फूलमाया”फूलमाया आले गाउँको कथा। एकहुल गाउँदै युवा युवती घाँस काट्न तल झर्छन्। कृष्णबहादुर भारी पुर्याई पाण्डे ऊ भएर कठ्यौरीको मह काट्छन्। खाईसके पछि बन देउतालाई नचडाई खाएको पछुतो मान्छन्। त्यहीँ बेला अनौठो आवाज आई फुलमाया लड्दै लड्दै तल पुग्छिन्। तल पारिजातको रुखमा अडिन्छिन्। सबैजना भई खुल्ला ठाउँमा लग्छन्। धेरै पछि होस आएपछि फूलमाया आफुलाई कसैले पछाडि बाट धकेलिदिएको भन्छिन्। साथीहरू मुखामुख गर्छन्। उता आवाज आउँनु यता फूलमाया लड्नु। घर पुगेको केही दिनमा मृत्यु हुन्छ। चिहान वरपर फूलहरु रोपिन्छ।

नवौं कथा “खै!कस्तो सपना?” म पात्र ले देखेको सपनामा जुन सपनाले उसलाई सताएको छ। ऊ हलो जोतिरहेको हुन्छ। सेतो कपडा लाएकीले उसको गाउँ घुमाउन अनुरोध गर्छिन्। गाउँ घुमि सकेपछि जान्छु भनी अलि पर पुगि उनी अलौकिक रुपमा देखा पर्छिन्।भनौ उनी देवी भगवती बनी उड्दै माथि लाग्छिन्। म पात्र ले के साच्चै स्वर्ग हुन्छ भन्ने प्रश्नमा उनिले हुन्छ भन्छिन्। अनि जमिनमा आई माथि हात लगेर स्वर्ग देखाउँछिन्। अनि नर्क हुन्छ भनी प्रश्न गर्दा फेरि जमिनमा झरि तल तिर देखाउँछिन्। उनी लाई स्राप परे जस्तो उडेर जान सक्छिन्। उनी फेरि प्रार्थना गर्छिन।आसक र जुन नजिकै आई उठाएर लिएर जान्छन्।उनी म गए है भनी अन्ति टक देखा परी जान्छिन् । म पात्र दोमन हुन्छ ।

दशौं कथा “बूढी बजू” लोककथामा आधारित रहेर लेखिएको छ। माहामुखे गाउँको कथा। नामसाङ ले घरको सबै काम युन्छोमा लाई जिम्मा लाउँछ। युन्छोमा एक्लै सक्दिनभनि झर्किन्छिन्। नामसाङ काम गर्न गाउँ तिर लाग्छ। बेलुकी घर आउदा घरमा ढोका लागेको हुन्छ। यताउता खोज्छ भेट्दैन। छिमेकी माईलाले माईत लागेको कुरा गर्छ।
नजिकैको ओडारमा पसेको देखि नजिकै जादा बूढी बज्यू हुन्छिन्। बज्यू अगि नै माथि गईससकेको कुरा गर्छिन्। बुडि बज्यूको यस्तो अवस्था देखेर नामसाङ ले आफ्नो घरमा लगेर पाल्ने निर्णय गर्छ। नामसाङ अब बोकेर घर तिर लग्छ। घरभरि बादर हुन्छ। ती बज्यू नभएर अरु नै कोही हुन्छ। नामसाङ्ग बेहोस भएर ढल्छ। गाउँलेले तिलक पानि र शुद्ध जल छर्के पछि होसमा आउँछ। अब नमसाङमा अदृश्य दैवीक शक्ति आउँछ।

कथाकारले यस सङ्ग्रह उहाँकै जातीय संस्कृतिमा प्रचलित र लोक विश्वासमा आधारित रहेका तिनै मिथकीय,लौकिक एवं पारलौकिक पात्रहरू मा समर्पित गर्नु भएको छ। प्रकाशकका तर्फबाट पढ्ने घरका अध्यक्ष विनोद तिमिल्सिना ले सङ्ग्रह बारेमा केही लेख्नु भएको छ। गुराँसका कथाहरूको लघुसर्वेक्षण मा पुस्तक बारे साहित्यकार प्राज्ञ उपेन्द्र ‘पागल’ ले समीक्षा लेख्नु भएको छ। गुराँसका कथाहरु माथिको छोटो कैरन भनेर उप.प्रा.डा. मोहनकुमार तुम्बाहाङ ले आफ्ना बिचार लेख्नु भएको छ। अन्तमा केही आफ्ना कुराहरु मा लेखकको बिचार रहेको छ।

यसरी कथाकार हिमाल सुब्बा”गुराँस ” का कथाहरु सरल छन्। उठान,प्रस्तुति र समापन सामान्य छ। गाउँका कथाहरु गुनिएका छन्। कुनै कथा पौराणिक कथा बाट प्रभावित छन्। कथा पड्दै जादा आफैं गाउँमा हराएझै लाग्छ।

एकोहोरो गाउँमा मात्र सिमित हुदा नयाँ केही खोज्ने पाठकका लागि निराश हुन सक्छन्। केही पौराणिक कथा ले पाठक लोभ्याउँछ। कति कथा काल्पनिक र केही कथामा यथार्थता देखिन्छ। पहिलो कथा सङ्ग्रह भएर होला कति ठाउँमा पात्र चयन उठानमा कम्जोरि देखिन्छ। पक्कै पनि आउँदा दिनहरुमा सुधार हुदै जाने छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!