हिपमत डटकम

बुधबार, कार्तिक २३, २०७९ || 591  पटक पढिएको

माेरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उमेदवार काे चुनावी लहर बडदै गएको छ । प्रतिनिधि सभाकाे उमेदवार का लागि याेगेन्द्र मंण्डल ( याेगी ) ले स्वतन्त्र उमेदवार धाेषणा गरे संगै अधिकान्श युवा, महिला , बृद्ध हरु समेत उत्साहित भएका छन । हरु सक्रियता बडदै गएको छ ।

पछिल्लो समयमा जनता हरु पाटिगत भन्दा पनि स्वतन्त्र उमेदवार हरु प्रति आसा र भराेसा राख्न थालेपछि माेरङ क्षेत्र नम्बर मा आम जनताकाे विश्वास बडदै गएकाे छ । योगेन्द्र मण्डलले आफ्नो क्षेत्रको विकासका लागि शिक्षा स्वास्थ्य र कृषी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने, विकासको दृष्टिकोणले पछि परेको र पहिला निर्वाचित भएर गएकाहरुले जनताको विकास नगरेका कारण जनताले चाहे अनुरुप को काम गर्न उम्मेदवारी दिएपछि अहिले सबै क्षेत्रमा का स्थानीय हरु खुशी भएका छन ।

आफ्नो निर्वाचन क्षेत्रका मानिसहरु कृषिमा आश्रित भएका कारण कृषिको विकासमा जोड दिने, कृषिको विकास गर्न, कृषिलाई प्राथमिकतामा राखेर यसको आधुनिकिकरण गरेर जनताको जीवनस्तर उकास्ने आफ्नो धाेषणा पत्रमा लेखेका छन । जीवन बिकाश का प्रमुख समेत रहेको याेगेन्द्र ले लघुवित्त सेवाबाट ३ लाख ५० हजार परिवार आत्मनिर्भर २ हजार युवा प्रत्यक्ष रोजगार समेत दिईरहेका छन् ।

जीवन विकास व्यवसायिक तालिम केन्द्र संचालनमा रहेको र उक्त तालिम केन्द्रमा कम्प्युटर, मन्टेश्वरी, मोवाइल रिपेयरिङ, प्लम्बीङ्ग जस्ता तालिम लिई सयौ जना स्वरोजगार भएका छन् । कृषकहरूले उत्पादन गरेको दुध बिक्री गर्न सहज बनाउने उद्देश्यले जीवन विकास डेरी स्थापना भई संचालनमा रहेको छ । उक्त डेरीमा हाल करीब २ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
आफूले २५ वर्षदेखि अनवरतरुपमा समाजसेवामा लागेर गरिबीरहित नेपालको परिकल्पनासहित क्षेत्र नम्बर ५ लाई पनि गरिबीरहित बनाउने याेजना समेत रहेको उनलेे बताए । अहिले उनी क्षेत्र नम्बर ५ का स्थानीय हरु काे घरदैलोमा पुगेर टुवेल छापमा भाेट हाल्न समेत सबै मा आग्रह समेत गरिरहेका छन । दिन रात नभनि उनी तिव्र रुपमा प्रचारप्रसारमा समेत व्यस्त भएका छन ।

यो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादीका शिवकुमार मण्डल र एमाले तालमेलबाट जसपाका राजकुमार यादव उम्मेदवार बिच चुनावमा ट्कर हुने देखिन्छ ।
माेरङ क्षेत्र नम्बर ५ मा विराटनगरका १३ देखि १८ सम्मका वडा हरु रहेका छन । भने जहदा, धनपालथान, रंगेली ४,५,६र ७ वडा समावेश भएको निकै उमेदवार हरु ले सक्रिय हुन जरुरी देखिन्छ । अहिले मतदाता हरु काे घर पुगेर नेता हरु ले आफू हरु बिकाश काे लागि अगाडि बड्ने प्रतिव्यता गर्दे हिडिरहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!