आइतबार, फाल्गुण २५, २०७६ || 1369  पटक पढिएको

मोरङ्गको पथरीशनिश्चरेमा रहेको इन्द्रकमल वास्कोटा प्रतिष्ठानले सामाजिक कार्यमा ल्याएको एम्वुलेन्स भाडामा दिएको खुलेको छ । नेकपा का प्रदेश नम्वर १ का नेता समेत रहेका युवराज वास्कोटाको अगुवाइमा स्थापना भएको इन्द्रकमल वास्कोटा प्रतिष्ठानले भारतिय दुतावासले निशुल्क दिएको एम्वुलेन्स भाडामा दिएर चलाउने गरेको पाइएको छ । बास्कोटाले नै तत्कालीन एमालेका नेता लाइ आग्रह गरेर सो एम्बुलेन्स पथरीमा ल्याएका थिए । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि ओलीका निकट मानिने बास्कोटाले आफ्नै बुवा आमाको नाममा प्रतिष्ठान स्थापना गरेका हुन । सो प्रतिष्ठानमा उनका आफन्त र नजिकका मान्छे सदस्य छ्न ।

४ वर्ष अघि भारतिय स्वतन्त्रता दिवसका अवसरमा कर छुट सहित प्रतिष्ठानले को २ च १२५ नम्वरको एम्वुलेन्स ल्याएको थियो । २६ अगष्ट २०१६मा भारतिय दुतावासले आयोजना गरेको कार्यक्रममा टाटाको सुमो गोल्ड एम्वुलेन्स प्रयोजनका लागी दिइएको थियो ।

२ वर्ष सम्म पथरीशनिश्चरे मा राखेर सेवा दिइए पनि २ वर्ष अघि वास्कोटाले सो एम्वुलेन्स विराटनगरको रुपा पराजुली ट्रष्टलाई भाडामा दिएका थिए । एम्वुलेन्स चालक संघका अध्यक्ष समेत रहेका रुपा पराजुली ट्रष्टका संन्चालक चन्द्र पराजुली लाई वार्षिक १लाख २५ हजार रुपयाँमा वास्कोटाले भाडामा दिएका हुन् । भारतिय दुतावासवाट अनुदानका रुपमा पाएको एम्वुलेन्स भाडामा दिएका वास्कोटाले सो एम्वुलेन्स संन्चालन गर्न नसकेरै भाडामा दिएको स्विकार गरेका छन् । ‘एम्वुलेन्स चलाउन नै धौ भयो वाध्य भएर भाडामा दिएको हो’उनले भने ।
त्यसो त एम्वुलेन्स संन्चालन गर्ने कार्यविधी विपरित वास्कोटाले एम्वुलेन्स भाडामा दिएको जानकारहरु वताउछन् ।
वास्कोटाले ल्याएको एम्वुलेन्स रुपा पराजुलीलाई भाडामा लगाए पनि सो ट्रष्टका संन्चालक चन्द्र पराजुली ले विराटनगरका चिमोरीया थरका व्याक्तिलाई एम्वुलेन्स भाडामा लगाएको जानकारहरु वताउछन् ।

एम्वुलेन्स संन्चालन निर्देशिका विपरित वास्कोटाले सामाजीक सेवामा लगाउनु पर्ने एम्वुलेन्स भाडामा लगाइएको हो । पथरीशनिश्चरे का लागी भनेर कर छुट सहित ल्याइएको एम्वुलेन्स विराटनगरको अस्पताल क्षेत्रमा संन्चालन गरिएको छ । तोकिएको स्थानमा एम्वुलेन्स संन्चालन गर्नु पर्ने कार्यविधी रहे पनि त्यसलाई लत्याउदै एम्वुलेन्स व्यापारका लागी प्रयोग गरिएको छ । ग्रामिण भेगमा संन्चालनका लागी ल्याइएको सो एम्वुलेन्स विराटनगरमा भाडामा दिएर वास्कोटाले कमाउने प्रयोजनमा प्रयोग गरिरहेको जानकारहरु वताउछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!