हिपमत डटकम

मंगलबार, कार्तिक २२, २०७९ || 624  पटक पढिएको

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनले देशको चुनावमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । ट्रुडोले बेइजिङले लोकतन्त्रसँग ‘आक्रामक खेल’ खेलेको र क्यानाडाका संस्थाहरूलाई निशाना बनाएको आरोप लगाए ।

क्यानाडाली गुप्तचरले हालैको चुनावमा बेइजिङ समर्थित उम्मेदवारहरूको “गुप्त नेटवर्क“ पहिचान गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाइरहेका बेला प्रधानमन्त्री ट्रुडोको भनाइ आएका हो । सन् २०१९ को संघीय चुनावमा कम्तीमा ११ जना उम्मेदवारलाइ चीनले समर्थन गरेको अधिकारीहरूले ट्रुडोलाई जानकारी गराएका थिए ।

अज्ञात गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय प्रसारक ग्लोबल न्युजले रिपोर्ट गरेको छ कि बेइजिङले उम्मेद्वारहरूलाई रकम प्रदान गरेको थियो र चिनियाँ अपरेटिभहरूले धेरै उम्मेदवारहरूको प्रचार सल्लाहकारको रूपमा काम गरेका थिए । एउटा मामलामा १ लाख ६० हजार युरो ओन्टारियोमा रहेको प्रान्तीय सांसदको कार्यालयमार्फत सहयोग गरिएको थियो ।-न्युज कारखाना

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!