माेरङकाे क्षेत्र नम्वर ५ मा राष्ट्रिय प्रजातन्त्र पाटि ले आफ्नाे सुचावी सभालाई आक्रमक रुपमा अगाडि बडाएकाे । रंगेली नगरपालिका ७ स्थित काली मंन्दिरकाे प्राङ्गणमा एक कार्यक्रम काे आयोजना गर्दे राप्रपाले आफ्नाे चुनावी अभियान लाई अगाडि बडाएकाे हाे ।
प्रतिनिधि सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी काे तर्फबाट माेरङ क्षेत्र नम्बर ५ बाट रेवत बहादुर थापा लाई पाटिले टिकट दिए पछि आफ्नो निर्वाचन क्षेत्रमा थापाले प्रचारप्रसार लाई थप निरन्तरता दिन थालेका हुन ।
कार्यक्रममा क्षेत्र नम्वर ५ का सङ्घिय उमेदवार रेवत ब.थापा ,क्षेत्र नम्वर ५(क ) का समानुपातिक उम्मेदवार चन्देश्वर शर्मा तथा माेरङ क्षेत्र नम्वर २का सङ्घिय उम्मेदवार गाेपाल दाहाल, रंगेली का श्याम मुरारी अग्रवाल, एकराज वस्नेत, लगायत काे समेत उपस्थिति रहेको थियो ।
अहिले राप्रपा समेत चुनावी धाेषणा पत्र लिएर प्रचारप्रसारमा हाेमिएका छन । मोरङको निर्वाचन क्षेत्र ५ का मतदातालाई राप्रपाले उमेदवार हरु लाई यसपटक’ हलाे छाप लाई मतदान गर्ने सबै लाई आग्रह समेत गरेका छन । माेरङ क्षेत्र नम्बर ५ मा विराटनगरकाे बडा नम्बर १३ देखि १८ सम्मका वडा हरु रहेका छन ।
भने जहदा गाउँ पालिका, धनपालथान गाउँ पालिका र रंगेली नगरपालिका काे वडा नम्बर ४,५,६र ७ काे मतदाता हरु काे घर आँगनमा पुगेर मतदाता हरु लाई बिकाश काे लागि अगाडि बड्ने प्रतिव्यता राप्रपाले गरिरहेकाे छ ।
कार्यक्रममा सहभागी हरुले भ्रष्टचारको अन्त्य गर्न , भ्रष्टचारीलाई कारवाही गर्न। राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिको अभिभाकत्व एवं संरक्षणत्व को लागि राज संस्था सहितको प्रजातन्त्र कायम गर्ने कृषिलाई प्राथमिकतामा राखी उत्पादन वृद्धि गर्न मल बिउ बिजन, सिंचाइ र बजारीकरणको व्यवस्था गर्न ।
स्वास्थ्य क्षेत्रमा टेक्नीकल शिक्षाको व्यवस्थापन गर्ने , आफ्नै देशमा रोजगारीको लागि व्यवस्थापन गराउने । लगायत काे कुरा पूरा गर्ने प्रतिवध्यता सभाबाटै उद्धधाेष गरेका छन