विश्वभर कोरोना भाइरसको संक्रमन बढि रहेको बेला त्यसको असर नेपालमा पनि देखिएको छ । विश्व स्वाथ संगठनले नेपाललाई उच्च जोखिम मुलुकको सुचिमा राखेको छ । नेपालमा हालसम्म एउटा पनि संक्रमिकको पृष्ठी भएको छेैन् । तर बजारमा यसको असर प्रत्यक्ष देखिन्छ । बिराटनगरको बजारमा ग्यासको अभाव देखिएको छ । उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ। कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा परेका छन्। बिराटनगरको ग्यास डिलरहरु र खुद्धा बिक्रताहरुमा ग्यासको अभावले बिराटनगर बासि त्रासित भएको छ ।