हिपमत डटकम

सोमबार, कार्तिक २१, २०७९ || 1894  पटक पढिएको

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै छन् । एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा सभागृहमा आउने तालिका तयार भएकाे निर्वाचन प्रचार प्रमुख दर्शन लामाले जानकारी दिए ।

अध्यक्ष ओलीसँगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल ( बैरागी) कार्यक्रममा सहभागिता रहनेछ । यस्तै, गण्डकी प्रदेशसभा तर्फ १ (१) का खगराज अधिकारी १ (२) का वेदबहादुर गुरुङ, क्षेत्र नम्बर २ (१) का भीम कार्की, २ (२) की मीना गुरुङ, क्षेत्र नम्बर ३ (१) का गणेशमान गुरुङ, ३ (२) का उम्मेदवार राजीव पहारी सभामा सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!