हिपमत डटकम

आइतबार, कार्तिक २०, २०७९ || 790  पटक पढिएको

श्रीलंकाली क्रिकेटर दानुष्का गुणातिलके अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेका छन् । समाचार एजेन्सी पीटीआईले टोलीका एक स्रोतलाई उद्धृत गर्दै श्रीलंकाको टोलीले उनलाई सिड्नीमा छोडेको बताएको छ । दनुष्का बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

क्रिकेट समीक्षक रेक्स क्लेमेन्टाइनले सामाजिक सञ्जालमा शनिबार गुणातिलकेलाई बलात्कारको आरोपमा पक्राउ गरिएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘गुणातिलके तीन साताअघि घाइते भएका थिए, त्यसपछि एसेल बन्दाराले टोलीमा स्थान पाएका थिए । तर टिम व्यवस्थापनले उनलाई फिर्ता पठाउनुको सट्टा अष्ट्रेलियामै राखेको थियो ।’

यस मामिलामा, सिड्नी प्रहरीले एक विज्ञप्ति जारी गर्दै गत हप्ता सिड्नीमा एक महिलासँग कथित यौन दुराचारको आरोपमा श्रीलंकाली नागरिकलाई पक्राउ गरिएको जानकारी दिएको छ ।​ विज्ञप्तिमा कसैको नाम नखुलेको र चारवटा बलात्कार मुद्दामा व्यक्ति पक्राउ परेको बताइएको छ ।

प्रहरीका अनुसार यी महिला विगत केही दिनदेखि अनलाइन डेटिङ एपमार्फत आरोपीसँग कुरा गरिरहेकी थिइन् । त्यसपछि दुवैको भेट भयो । उक्त घटना नोभेम्बर २ मा भएको महिलाले आरोप लगाएकी छिन् ।

यस मामिलामा आइतवार सिड्नीको ससेक्स स्ट्रिटमा रहेको होटलबाट ३१ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!