हिपमत डटकम

आइतबार, कार्तिक २०, २०७९ || 907  पटक पढिएको

कांग्रेसको भारत जोडो यात्रामा फिल्म ‘केजीएफ–२’ को संगीत प्रयोग गरेको भन्दै कांग्रेस नेता राहुल गान्धीविरुद्ध उजुरी परेको छ । राहुल गान्धीबाहेक कांग्रेस नेता जयराम रमेश र सुप्रिया श्रीनेटविरुद्ध पनि उजुरी परेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार कन्नड फिल्म ‘केजीएफ–२’ को संगीत बिना अनुमति प्रयोग गरेको आरोपमा राहुल गान्धीविरुद्ध उजुरी दर्ता गरिएको छ । यो उजुरी शुक्रबार बैंगलोरको यशवंतपुर पुलिस स्टेशनमा प्रतिलिपि अधिकार कानुनअन्तर्गत गरिएको हो । एमआरटी म्युजिकको व्यवस्थापन सम्हाल्ने एम नवीन कुमारले उजुरी दर्ता गरेका हुन् ।

उजुरीमा भनिएको छ – जयराम रमेशले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट दुई भिडियोहरू पोस्ट गरेका थिए जसमा केजीएफ–२ का दुई प्रसिद्ध गीतहरू अनुमति बिना प्रयोग गरिएको थियो । यी गीतहरूको संगीत अधिकार एमआरटी म्युजिकसँग छ ।

राहुल गान्धी अहिले आफ्नो १५० दिनको ‘भारत जोडो यात्रा’ मा छन् । उनको यो यात्रा दक्षिण भारतबाट सुरु भएर कश्मीरसम्म जानेछ । यस भ्रमणबाट कांग्रेसले आफ्नो राजनीतिक जग बलियो हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!