हिपमत डटकम

शनिबार, कार्तिक १९, २०७९ || 6571  पटक पढिएको

विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुशासन नभएसम्म समृद्धि र समुन्नत नेपाल बन्न नसक्ने ठोकुवा गर्नु भएको छ ।
नेपाल मुस्लिम संघ मोरङले विराटनगरमा आयोजना गरेको लोकतान्त्रिक–बामगठबन्धनका उम्मेदवारहरुको चुनाव प्रचारप्रसार सभालाई सम्बोधन गर्दै नेता कोइरालाले सुशासन कायम, भ्रष्टाचार न्यूनीकरण र दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासनलाई नेपाली कांग्रेसले उच्च प्राथमिकता दिएर अगाडि बढिरहेको उल्लेख गर्नुभयो । “सुशासन, भ्रष्टाचारको न्यूनीकरण र दण्डहीनताको अन्त्य नभएसम्मसमृद्धि र समुन्नत मुलुक बन्दैन,” उहाँले भन्नुभयो, “कांग्रेसले सुशासनलाई उच्च प्राथमिकता दिएको छ ।”

नेपाली कांग्रेसले सबै धर्म र संस्कृतिको उच्च सम्मान र इज्जत गर्ने कोइरालाले बताउनुभयो । पछिल्लो समय विराटनगरको शाख घट्दै गएको बताउँदै उहाँले विगतको शाखलाई पुनः फर्काउनुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले विराटनगरको विकास र समृद्धि सबै क्षेत्रका व्यक्तिहरुलाई राखेर बहस गर्नु आवश्यक रहेको औंल्याउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्रीसमेत रहनु भएका नेता डा. मीनेन्द्र रिजालले मुलुकको विकास र समृद्धिका लागि देशभर कांग्रेससहित गठबन्धन दलले जित्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस नेतृ डा. डिला संग्रौलाले केपी ओली नेतृत्वको सरकारले संविधान च्यात्ने र अधिनायकवाद लाद्ने काम गरेको बताउनुभयो । उहाँले फेरि केपी ओलीले जिते मुलुकमा समस्या निम्तिने जिकिर गर्नुभयो ।

सभामा केन्द्रीय सदस्य अमृत अर्याल, पुर्व केन्दिय सदस्य हसन अन्सारी ,प्रदेश–१ का कोषाध्यक्ष राजेश गुप्ता, प्रदेशसदस्यका उम्मेदवार केदार कार्की, महानगर समिति सभापति दीपक चापागाईं, नेकपा एकीकृत समाजवादीका युवा नेता वसिम आलम, मुस्लिम संघ केन्द्रीय सभापति केन्द्रीय अध्यक्ष गुल्जार आलम, मोरङका आजत आलमलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!