दिपक कुमार साह

शनिबार, कार्तिक १९, २०७९ || 1250  पटक पढिएको

बिराटनगर। मोरंग क्षेत्र न -५ ख प्रदेश सभा सदस्यको चुनावी संग्राम रोचक छ। दलिय उम्मेदवारलाई कडा टक्कर दिन स्वतन्त्र प्रदेश सभा सदस्यका उम्मेदवार नरेश कुमार लाभ यदि बेला दैनिकी जस्तो मतदाताको घर घरमा पुग्छन् र आफ्नो एजेन्डा उनीहरु माझ प्रस्तुत गर्छन्। देशभरि नै दलिय उम्मेदवारहरु बाट जनता वाक्क भएको कारणले यस पटक क्षेत्रका जनताले आफुलाई सहयोग गर्नेमा लाभ ढुक्क छन्।

पुर्व प्रहरी समेत रहेका लाभ कोरोना संक्रमणको बेला जनताको सेवामा दिनरात खटेका थिए ,हामि सबैको आशा र भरोसा नै नरेश हो एक स्थानिय महिलाले बताए हार जित आफ्नो स्थानमा छ तर यति ठुला ठुला नेताहरुको अगाडी आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु नै एक स्वतन्त्र युवाको जित भएको उनको बुझाई छ।

आफ्नो चुनावी खर्च जम्मा एक लाख छुट्याएका लाभ दैनिक जसो साईकलमा मतदाताको घरमा पुग्छन् र आफुले निर्माण गरेको घोषणा पत्रको पर्चा हात हातमा थमाउछन्न र भोट अपिल गर्छन् चिया खर्च ,पर्चा पम्पलेट र ब्यानरमा मात्र रकम खर्च गर्ने लाभले बताए।

म अन्य नेताहरु कस्तो करौडौ रकम जनतालाई बाडेर चुनाब लड्दिन मलाई बरु हार स्वीकार छ तर यसरि जनतालाई पैसा बाडी बाडी चुनाव जित्न स्वीकार छैन। चुनावको बेला करौडौ खर्च गर्ने नेताहरुले अन्तिममा यहि सोझा जनताको रगत चुस्ने त हो नि यी नेताहरुले ५ बर्ष त्यसैले यस आपतक मतदान होईन मत लगानी गर्नुस स्वतन्त्र उम्मेदवारमाथि अवश्य पनि फल राम्रो पाउनु हुने छ नरेश लाभले बताए।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!