पछिल्लो समय फिफा विश्वकपमा सहभागी हुने राष्ट्रहरूले मानवअधिकार र आप्रवासी कामदारमाथिको व्यवहारको विश्वकप दौरानमा शान्तिपूर्ण विरोध जनाउने योजना बनाएका छन् । नोभेम्बर २० बाट सुरु हुने विश्वकपमा शान्तिपूर्ण आन्दोलनको तयारीको विषय जानकारी पाएको फिफाले सहभागी ३२ राष्ट्रलाई फुटबलमा ध्यान दिन बताउँदै पत्र पठाएको छ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनो र महासचिव फात्मा समौराले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘पृष्ठभूमि, धर्म, लिङ्ग, यौन झुकाव वा राष्ट्रियताको पर्वाह नगरी सबैलाई स्वागत छ ।’ यसै विश्वकपमा यसअघि डेनमार्कले ‘स्टोन–डाउन’ जर्सी लगाउने छ । त्यस्तै युरोपेली टोलीका कप्तानहरूले ‘वन लभ’ आर्मब्यान्ड लगाउनेछन् ।

त्यस्तै फ्रान्सका केही शहरमा विश्वकप देखाउन पाइने छैन भने अष्ट्रेलियाले पनि समलिङ्गी सम्बन्धसम्बन्धी कानुन खारेजको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!