बाराका पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकार कु्न्दन फौजदार पक्राउ परेका छन् १२ वर्षदेखि फरार सूचिमा रहेका फौजदारलाई गएराति २ बजे बारागाढी गाउँपालिकास्थित उनकै घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले निरन्तरको प्रयासपछि फौजदारलाई पक्राउ गर्न सफल भएको बताए । साहको हत्यापछि फौजदार भागेका थिए । पगेनीका अनुसार प्रहरीको चौथों प्रयासमा फौजदार पक्राउ परेका हुन् । साहको हत्यामा ५ जना संलग्न भएको र मुख्य योजनाकार फौजदार रहेको पगेनीले बताए । फौजदार अदालतमा हाजीर नभएकाले उनको मुद्दा मुल्तवीमा थियो । पत्रकार साहलाई २०६४ साल असोज १८ गते बाराको पिपरा बजारबाट अपहरणपछि हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!