हिपमत डटकम

बिहिबार, कार्तिक १७, २०७९ || 891  पटक पढिएको

काठमाडौं उपत्यकामा सुकुमबासीको परिवार संख्या ३ हजार ४ सय ९६ पुगेको सरकारी रिपोर्टमा जनाइएको छ । सुकुमबासीसम्बन्धी अध्ययन गर्न बनेको सरकारी कार्यदलले एक महिना लामो अध्ययनपछि उपत्यकामा ३ हजार ४ सय ९६ परिवार सुकुमबासी रहेको रिपोर्ट तयार गरेको छ, जसअनुसार काठमाडौं, ललितपुर तथा भक्तपुरका २० वडामा तथा २७ वटा वस्तीमा सुकम्वासी बसोबास गर्दै आएका छन्।

उपत्यकाका बागमती, गोदावरी, विष्णुमती, धोबीखोला, मनोहरा तथा बल्खु खोला किनारामा लामो समयदेखि सरकारी जग्गा अतिक्रमण गरी सुकुमवासी बसोबास गर्दै आएका छन् । तीमध्ये वास्तविक सुकमबासीको संख्या यकिन गर्न तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउनका लागि दीर्घकालीन उपाय खोजी गर्न अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७८ फागुन १६ गते बोर्ड सदस्य वीरेन्द्र थपलियाको संयोजकत्वमा एउटा कार्यदल गठन गरेको थियो ।

सहरी विकास मन्त्रालयका उपसचिव उपेन्द्रकेशर खनाल, अभियन्ता गोविन्द काफ्ले, सर्वेक्षक चेतनाथ पराजुली तथा विकास समितिका प्रवक्ता कमल अर्याल सो कार्यदलका सदस्यसचिव रहेका छन् ।सुकुमबासी बसोवास गर्दै आएका सम्बन्धित वडाका सबै वडाध्यक्षलाई कर्यादलमा राखिएको छ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका सहअध्यक्ष नारायण परिश्रमीलाई पनि सो कार्यदलमा समावेश गरिएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!