हिपमत डटकम

मंगलबार, कार्तिक १५, २०७९ || 1289  पटक पढिएको

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार प्रदीप यादवले मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का विभिन्न टोलमा चुनावी घरदैलो गरि मतदातालाई भेटेका छन् ।

छठ पूजा सकिए लगत्तै चुनावी प्रचार प्रसारलाई तिब्र पारेका पूर्व मन्त्री यादवले मंगलबार बिहान नेता कार्यकर्ता सहित वडा नम्बर १५ मा पुगेर मतदातालाई भेट्दै उनिहरुका समस्या र गुनासो पनि सुने ।

त्यस क्रममा उनले यसपालिको निर्वाचन सहि नेता चुन्ने अवसर पनि भएकाले काम गर्ने नेतालाई नै जनताले अवसर दिनु पर्ने बताए । विगतमा पदमा हुँदा समेत केहि गर्न नसकेकाहरुले अहिले फेरि आश्वासन मात्रै बाड्दै हिडेको भन्दै यादवले भने, ‘उनिहरुको आश्वासनमा अब जनता पर्नेवाला छैनन्, जनताले आश्वासन हैन काम चाहेका हुन्छन, काम गर्ने नेता नै जनताको रोजाइमा फेरि पर्छन् ।’

जसपाका उम्मेदवार यादवले आफु नेता नभइ जनताको सेवक भएकाले जनताको सेवा नै आफनो मूलमन्त्र रहेको र त्यहि लक्ष्य लिएर जनता माझ रहदै आएको बताए । विगत पाँच वर्षको कार्याकालमा पर्सा-१ मा आफुले गरेका कामको मूल्यांकन गरेकै कारण जनताले आफुलाई फेरि अवसर दिनेमा आफु ढुक्क रहेको उनले बताए ।

अरुलाई गाली गरेर मात्रै जनताको मन जित्न नसकिने बताउदै यादवले भने, ‘म अरु जस्तो विपक्षीलाई गाली गरेर समय खेर फाल्दिन, मैले गरेका काम जनताले देखेका छन्, मेरो जितको आधार त्यहि नै हो ।’

घरदैलो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्धीका साथै जसपाका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!