हिपमत डटकम

सोमबार, कार्तिक १४, २०७९ || 3654  पटक पढिएको

मोरङ । मंसिर ४ गते हुने निर्वाचनमा मोरङ-२ मा खासगरी नेकपा एमालेका ऋषिकेस पोखरेल र नेपाली काङ्ग्रेसकि सुजता कोइरालाबिच प्रतिस्पर्धा हुँदैछ । तर, सुजतासङ्ग प्रतिस्पर्धा गर्न यस पटक ऋषिकेशलाई सहज भने छैन ।

अघिल्लो निर्वाचनमा काङ्ग्रेसका मिनेन्द्र रिजाल बिजयी भएका थिए । तर, यसपटक मिनेन्द्रको ठाउँमा सुजताले टिकट पाईन । त्यसैले पनि पोखरेल र कोइरालाबिच मुख्य प्रतिस्पर्धा हुने भएको हो ।

प्रतिनिधिसभाका लागि काङ्ग्रेसकि सुजता माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । तर, एमालेका उम्मेदवार ऋषि जसपालाई साथमा लिएर लड्दैछन् । तर जसपाका अधिकांश कार्यकर्ताहरु एमालेलाई सहयोग गर्ने पक्षमा छैन् बरु सुजातालाई नै सहयोग गर्ने कयौ कार्यकर्ता बताउछन्।

यस आधारमा पनि मोरङ २ को चुनावी प्रतिस्पर्धामा एमालेका ऋषिलाई चुनाव जित्न चुनौती बनेको छ ।

सुजाता उनै गिरिजा पुत्री हुन्।
यो क्षेत्रबाट पूर्वप्रधानमन्त्री तथा कांग्रेस पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले लगातार तीनपटक चुनाव जितेको क्षेत्र हो। उनले यही क्षेत्रबाट २०४८, २०५२ र २०५६ सालमा लगातार संसदीय निर्वाचन जितेका थिए।

गिरिजाप्रसाद कोइरालाको पुरानो आधार क्षेत्र भएकाले कांग्रेसका लागि यो सुरक्षित क्षेत्र पनि मानिन्छ। गिरिजाले यो क्षेत्रको साथ साथै सुनसरीको तत्कालीन क्षेत्र नम्बर ५ बाट पनि चुनाव जित्न थालेपछि मोरङमा ०५२ र ०५६ मा भएको उप-निर्वाचनमा कांग्रेसका नेता आमोदप्रसाद उपाध्यायले चुनावमा प्रतिस्पर्धा गरेका थिए र निर्वाचन पनि जितेका थिए।

यसरी यो क्षेत्रबाट उपाध्यायले २ पटकसम्म निर्वाचन जिते। कांग्रेस र कोइरालाको विरासत मानिएको मोरङ क्षेत्र नम्बर २ मा दोस्रो संविधान सभाको चुनावमा भने एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले जितेका थिए।

तर ०७४ सालको प्रतिनिधिसभामा निर्वाचनमा तत्कालीन बामगठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता पोखरेल भने पराजित हुन पुगे। उनी कांग्रेसमा मिनेन्द्र रिजालसँग पराजित भए।रिजालले १ हजार ८ सय ५ मतले पछि पार्दै निर्वाचित भएका थिए। रिजालले ३५ हजार ८ सय १९ मत प्राप्त गरी निर्वाचित हुँदा पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका थिए।

२०७४ को चुनावमा मोरङका ६ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. २ मा मात्र कांग्रेसले जितेको थियो।

मोरङ क्षेत्र नम्बर दुईमा यसपटक विभिन्न १० राजनीतिक दल र तीन जना स्वतन्त्र गरी १३ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । जतिले उम्मेदवारी दिएपनि मूख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एमालेबीच हुने मतदाताको बुझाई छ ।

नेतृ सुजाता कोइरालाले दुई दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेर सङ्कटमा परेको संविधानको रक्षा, प्रजातन्त्र र बहुलवादको संरक्षणका लागि नेपाली कांग्रेसलाई मत दिनुपर्ने आग्रह गरिन ।

दिवंगत पिता गिरिजाप्रसाद कोइरालाका अधुरा सपना पूरा गर्न मोरङ-२ मा उम्मेदवारी दिएको उनी बताउँछिन ।
‘म विकासप्रेमी नेतृ हुँ। मोरङ २ को विकासका लागि गिरिजाबाबुको ठूलो सपना थियो। ती सपना भनेको बाटो, पुल, तटबन्धन आदि पूर्वाधार हुन्। तिनलाई पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ।कोईरालेले भनिन । ’

नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेले सदनमा गएर राम्रो नीति, नियम बनाउन र सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका विकास निर्माणका लागि आफुलाई मतदान गर्न मतदातालाई अपिल गरेका छन ।

क्षेत्र नम्बर दुईको क मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट गणेश प्रसाद उप्रेती र नेकपा एमालेका तर्फबाट दानबहादुर कार्की चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै, ख मा नेपाली कांग्रेसका विनोद कार्की र नेकपा एमालेका लिलाबल्लभ अधिकारी मुख्य प्रतिस्पर्धी छन् । तर, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेलाई गठबन्धनका कारण चुनाव जित्न सहज छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!