हिपमत डटकम

आइतबार, कार्तिक १३, २०७९ || 2369  पटक पढिएको

बिराटनगर । आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र न -५ ख बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार जयराम यादवप्रती जनलहर बढ्दो छ ।

चुनाबी प्रचारप्रसारको क्रममा बिराटनगर महानगरपालिका वडा न १७ ईसलामपुर पुग्दा मुस्लिम समुदायका अगुवा एवम बुद्धिजीवीहरुले यादवलाई सहयोग गर्ने वचन दिएको स्थानिय मोहम्मद समसुलले बताए । उनले भने मधेश आन्दोलन देखि हाम्रो हरेक हक अधिकारको बिषयमा सडकदेखि सदनसम्म हाम्रो आवाज बुलन्द पार्ने नेता हो जयराम यादव हाम्रोलागी सदैव उहाँ निस्वार्थ रुपमा लड्नु हुन्छ त्यसैले यस पटक पनि हाम्रो सहयोग नेता जयराम यादवलाई नै हुन्छ उहाँ भारी बहुमतका साथ यस पटक पनि बिजय बन्नु हुन्छा भन्ने बिश्वाश छ।

बिराटनगर १७ कै फत्तिमा बेगम भन्छिन् जयराम यादवले हाम्रो हरेक क्षेत्रको बिकासकोलागी निरन्तर काम गर्नु भएको छ ।अधिकारको लडाईदेखि बिकासको गतिविधिमा समेत सक्रियताको साथ ईमान्दारिकता पुर्वक काम गर्ने ब्यक्ती नै जयराम यादव हो त्यसैले यादवलाई हाम्रो सहयोग हुन्छ उनले भनिन् मा मात्र होईन अधिकांश महिलाहरुको भोट यादवलाई नै जाने छ। जो हाम्रो र हाम्रो सन्तानको लागि सोच्नु हुन्छ ,हाम्रो भविष्यकोलागि सोच्नु हुन्छ हामि त्यसैलाई सहयोग गर्छु र हाम्रोलागि योग्य उम्मेदवार यादव नै हो फत्तिमाले भनिन्।


घरदैलो कार्यक्रममा ब्यस्थ रहेका यादवलाई हामिले जहदा गाउँपालिका वडा न -१ मा घरदैलो कार्यक्रमको दौरान भेट गर्दा उनले भने मेरो जित निश्चित छ ।जनताको साथ सहयोग माया र आशिर्वाद निरन्तर मैले पाई रहेको छु ।

मैले जुन हिसाबले काम गरे कति काम पूरा भयो कति अझै पाईप लाईनमा नै छ मेरो अधुरा योजनागरुलाई पूरा गर्ने तथा नयाँ योजनाहरु आफ्नो क्षेत्रमा ल्याएर समग्र क्षेत्रको बिकास गर्ने मेरो सपना छ ।मेरो सपनालाई साकार पार्न हजारौ आँखाहरु कयौ दिनदेखि निदाएका छैनन् उहाँहरुको सपनालाई म टुट्न दिने छैन यादवले बताए ।

आफ्नो चुनाव प्रचार प्रसारको कार्यक्रमलाई तिब्रता दिरहेका जयराम यादव संबिधान सभा सदस्य समेत हुन् ।उनी प्रदेश एकको पुर्व सामाजिक बिकाश मन्त्री तथा बर्तमन स्वास्थ्य मन्त्री समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!