उर्लाबारी । मोरङ क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डिगबहादुर लिम्बुले दिगो विकास र समृद्धिमा प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ ।
केराबारीमा भएको चुनावी अभियानमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारका बिरुद्ध बिपक्षी दलका उम्मेदवारले भ्रम फैल्याई रहेको उल्लेख गर्दै जनता सचेत भइसकेको बताउनुभयो ।
आफू संविधान सभाको सदस्य हुँदा लेटाङ र केराबरीमा थुप्रै बिकास निर्माणका कामहरु अधुरो रहेको बताउँदै उहाँले ती अधुरै रहेका योजना र बिकासलाई पुन एकपटक जनताले अवसर दिए पूरा गर्ने संकल्प रहेको बताउनुभयो । उहाँले आफू संविधान सभा सदस्यको उम्मेद्वार हुँदा लेटाङ र केराबारीको पहाडी भेगमा धुले बाटो निर्माणको काम देखि मध्य पहाडी लोकमार्ग सडक खण्डको योजना आफ्नो कार्यकालमा भएको स्मरण गराउनुभयो । दुर्गम क्षेत्रहरुमा झोलुङ्गे पुलको योजनाहरु आफुले पारेको तर त्यसैलाई आधार बनाएर बिपक्षीहरुले विभिन्न सामाजीक संजालमा तस्बिर पोस्ट गरेर गठबन्धन बिरुद्ध भ्रम फैल्याएको उहाँको भनाई छ ।
यसैगरी केराबारीका जनताहरुले राखेको जिज्ञासाहरुको जवाफ दिदै लिम्बुले भन्नुभयो–‘ यहाँ सिचाई तथा खाने पानीको समस्या छ । दिप बोडिङ, सडक कालोपत्रे र बिद्युतका समस्या छन्, यस्ता समस्याहरुलाई समाधान गर्न वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई तपाईहरुले मतदान गरेर बिजय गराउनुहोस्,पहिलो प्राथमिकताका साथ अघि बढाउँछौं ।’ स्थानीयहरुले खोला नालाको प्रमुख समस्याहरु उम्मेदवार समक्ष राखेका थिए ।