वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले मतदातासँग भेटघाट गरेको छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का मतदातासँग भेटघाट गर्दै पूर्व मन्त्रीसमेत रहेका यादवले छठ पर्वको शुभकामना पनि दिएका छन् ।

निर्वाचन नजिकिदै गएसँगै उनले नेता तथा कार्यकर्ताहरुलाई पनि जसपा र एमालेको गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सक्रिय हुन सचेत गराएका छन् ।

जनतालाई भ्रममा पारेर दिवा सपना देखाउनेहरुबाट सर्तक रहन आग्रह गर्दै उनले ईमान्दार एवम् जनताको पिरमर्का बुझ्ने व्यक्तिलाई चुनेर पठाउनुपर्ने बताएका छन् ।

निर्वाचित गराइसकेपछि पश्चाताप हुनुपर्ने अवस्था नआउनका लागि बेलैमा सोचेर अमूल्य मत सही व्यक्तिलाई दिई विकास र परिवर्तनको अभियानमा हातेमालो गर्नुपर्नेमा उनले जोड दिएका छन् । वडा नम्बर ७ का मतदाताहरुले यादवको भनाईप्रति समर्थन जनाउँदै मताधिकारको सही सदुपयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

मतदातासँगको भेटघाटका क्रममा निवर्तमान सांसद यादवसहित मधेश प्रदेशका मुख्यमन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार मोहमद लालबाबु राउत गद्दी, नेकपा एमालेका नेता नवराज शर्मा, पूर्व वडा अध्यक्ष वसन्त भक्कडलगायत नेकपा एमाले र जसपाका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!