तम्घास, कात्तिक ५ गते । चन्द्रकोट गाउँपालिका वडा नम्बर चार शान्तिपुरका मुस्लिम समुदायले चिहानघाटको व्यवस्था गरिदिन उम्मेद्वारहरुसँग माग गर्नुभएको छ ।
गुल्मी क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारी र प्रदेश सभा १ का उम्मेदवार सुदर्शन बरालसँग उहाँहरूले चिहानघाटको व्यवस्था गरिदिनका लागि आग्रह गर्नुभएको हो । चिहानघाटको व्यवस्था नहुँदा आफूहरूलाई धेरै समस्या हुने गरेको भन्दै सो व्यवस्था गरिदिनका लागि उम्मेदवारसँग रमन मियाले आग्रह गर्नुभएको हो ।