शनिबार, फाल्गुण २४, २०७६ || 809  पटक पढिएको

बाँके प्रहरीले ८ किलो ५ सय ग्राम चाँदीसहित भारतीय नागरीकलाई पक्राउ गरेको छ । बाइकको ट्याङ्कीमा लुकाएर चाँदी तस्करी गरिरहेको सूचनाका आधारमा प्रहरीले भारतीय नागरिक अलिब सलमानीलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यलय नेपालगन्जका प्रमुख हरी बहादुर बस्नेतले यूपी ०३२ जपी ३८८८ नम्बरको पल्सर मोटरसाइकल खानतलासी गर्ने क्रममा ट्याङ्कीमा लुकाइराखेको चाँदी बरामद गरिएको बताए ।

प्रहरी निरीक्षक बस्नेतका अनुसार सलमानीले प्रयोग गर्दै आएको मोटरसाइकलको ट्याङ्कीबाट ८ किलो ५ सय ग्राम चाँदी बरामद गरिएको हो । पक्राउ परेका सलमानीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!