साउदी अरेबियामा शाही परिवारका तीन सदस्यलाई हिरासतमा लिइएको छ । सत्ताका लागि षडयन्त्र रचेको आरोपमा शाही परिवारका तीन सदस्यलाई हिरासतमा लिइएको हो ।
साउदी नरेश सुल्तानका भाई प्रिन्स अहमद बिन अब्दुलअजीज अल साउद र भतिजा प्रिन्स मोहम्मद बिन नाएफसहित तीन जनालाई हिरासतमा लिइएको जनाइएको छ । रोयल गार्डले उनीहरुलाई आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो ।
समाचार एजेन्सीहरुका अनुसार साउदी युवराज मोहम्मद बिन सलमानको आदेशमा उनीहरुलाई हिरासतमा लिइएको हो ।
अमेरिकी अखबार वाल स्ट्रिट जनरल र न्यूयोर्क टाइम्सले साउदी दरवार निकट स्रोतलाई उद्धृत गर्दै घटनाको पुष्टि गरेका छन् ।
साउदी राजपरिवारले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।