संखुवासभा मकालु-५ मुढेलामा बस्ने ५७ बर्षीय निमा शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । हिजो साझँ साढे ६ बजे आफ्नै घरको आगनमा रहेका शेर्पालाई बर्षा,हावाहुरीसँगै आएको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।