हिपमत डटकम

मंगलबार, कार्तिक ०१, २०७९ || 1288  पटक पढिएको

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी रेखा थापाले आफू आफ्नो कुरा राख्नभन्दा जनताको कुरा सुन्न आएको बताइएकी छन्।मोरङको सुन्दरहरैचा बेलेपुरमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन्।

‘नेताहरु पटकपटक आउँछन्, कान पाक्ने गरी, कान दुख्ने गरी, दिमाग हल्लिने गरी कुराहरु सुनाउँछन्। सपना देखाउँछन्,’ रेखाले भनिन्, ‘अनि त्यो सपना उधारो हुन्छ। अनि त्यो कुराहरु केही पनि पुग्दैन्। म सपना सुनाउन आएको होइन, तपाईंहरुको समस्या सुन्न आएको हो। मैले यहाँको समस्याहरु सबै बुझेको छु।’

आफू नेता बन्न होइन, नेता बनाउन आएको रेखाले बताइन्। ‘अब तपाईंहरु मत दिने हातहरु महान नेताहरु हो, अब कस्तो व्यक्ति चुन्ने, कस्तो व्यक्तिलाई यो ठाउँको सेवक बनाउने तपाईंहरुको हातमा छ। हिजो जे-जे भयो भयो हिजो आश गरेर जसलाई मत दियौं दियौं, अब समय परिर्वनशील छ। तपाईंहरुको अगाडि विकल्पको रुपमा प्रस्तुत हुन आएकी छु’, रेखाले आफ्नो उम्मेदवारीबारे प्रष्ट पारिन्।

थापाले स्थानीयसँग त्यहाँका समस्याहरु सुनेकी थिइन्। त्यस क्रममा बोल्दै एक स्थानीय महिलाले धेरै वटा पार्टीको नेताहरु आएपनि केही सुधार नभएको बताइन्।

‘बाटो उस्तै पिच भए हुन्थियो। यहाँ सिंहदेवी मन्दिर छ। बाटो पिच भए हामीलाई त्यहाँ जान सहज हुने थियो। आज उहाँ (रेखा) एउटा नारी भएर हिम्मतका साथ हाम्रो घरदैलोमा आउनुभएको छ’, उनले भनिन्, ‘के का लागि भन्दा उहाँ यो ठाउँको विकास गरौं भनेर नै हो। यहाँको समस्या हटाउन नै हो।’

‘हामीले जतिलाई भोट दियौं दियौं केही भएन उहाँ जस्तो हिम्मतवालीलाई भोट दियौं भने हाम्रो ठाउँ र देशको विकास हुन्छ भन्ने मलाई लाग्दछ,’ उनले भनिन्, ‘हिजो नेताहरु आउँथे, आफ्नो एकोहोरो कुरा राख्थे। भेटसम्म हुन पाउँदैन थियो। आज रेखा बहिनीसँग माया साट्न पाएका छौँ, हाम्रो समस्या राख्न पाएका छौँ। फोटो खिचेका छौँ, उहाँप्रति हामीमा यो ठाउँको लागि केही गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ।’

रेखाले हिजोको नेताहरुले केही गरेनन् भनेर गुनासो गर्नुभन्दा अब सहि उम्मेदवार छान्ने बेला आएको बताइन्। ‘अब पहिले जस्तो गल्ती गर्नुहुन्न, हिजो जसलाई जिताउनुभयो, उसले काम गरेको छैन भने फेरि पनि उसैलाई जिताएर किन गुनासोको जिन्दगी बाँच्ने आगामी ५ वर्षसम्म? रेखाको प्रश्न छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!