शनिबार, फाल्गुण २४, २०७६ || 865  पटक पढिएको

कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन थालेपछि सरकाले नियन्त्रण प्रयास थालेको जनाएको छ । दैनिक उपभोग्य वस्तुको बजारभाउ नियन्त्रणका लागि आक्रामक रूपमा प्रस्तुत भएको सरकारले अब एउटा परिवारका लागि बढीमा दुईवटा बढी ग्याँस सिलिन्डर घरमा राख्नसमेत नदिने भएको छ । जसका लागि दुईभन्दा बढी सिलिन्डर लिनेहरूको रेकर्ड राख्न थालिएको छ ।

शुक्रबारदेखि हरेक ग्याँस विक्रेता र डिलरमा पुगेर दुईभन्दा बढी सिलिन्डर लिने उपभोक्ताहरूको रेकर्ड राख्न थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । कोरोना भाइरस प्रभावकै कारण पछि नपाइने हल्लासँगै अहिले राजधानीलगायत मुलुकभरका विभिन्न सहरमा खाना पकाउने एलपी ग्याँस, दाल, चामल, चिनी, नुनलगायत वस्तुको अभाव छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!