शुक्रबार, फाल्गुण २३, २०७६ || 898  पटक पढिएको

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सामाजिक उत्तरदायित्व अन्तरगत विराटनगर वडा नं. ६ स्थित आधारभूत विद्यालयलाई २० थान डेक्स, वेन्च हस्तान्तरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच डेक्स, वेन्च हस्तान्तरण गर्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगी -व्यवसायीका अग्रणी संस्था उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले संस्थागत सामाजिक उत्तरदायित्व वोध गरी शिक्षित समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ विद्यालयलाई सहयोग गरेको बताए ।

यस्तै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले संगठन र संघको संयूक्त सहयोगमा उपलब्ध गराएको डेस्क वेञ्चले विद्यालयमा अध्ययनरत वालवालिकालाई पठन पाठनमा सहज हुने धारण राखेका थिए । वालवालिकालाई शिक्षाको माध्यमबाट उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने अन्य कार्यहरु समेत गर्दै जाने बताए । कार्यक्रममा ¬नेकपाका केन्द्रिय सदस्य गुरु वराल ,विद्यालयका प्रधानाध्यापक जयन्ती दास लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!