शुक्रबार, फाल्गुण २३, २०७६ || 3764  पटक पढिएको

आनन्द इटा उधोगका दुुइवटा उधोग वालश्रमिक मुुक्त भएको भन्दै सो उधोगलाई आज सम्मान गरिएको छ । मोरङको रंगेली नगरपालिका तथा धनपालथान गाउपालिकामा संचालित दुुवै उधोग वालश्रममुुक्त हुुनुुका साथै वालवालिकाको लागी उधोग परिसरमा विद्यालय समेत संचालन गरेपछि सो उधोगलाई सम्मान गरिएको हो ।
विराटनगरमा आज आयोजित कार्यक्रमा प्रदेस न १ का उधोग,पर्यटन ,वनतथा वातावरण मंत्री जगदिस कुुसैयतले आनन्द इटा उधोगका संचालक असोक वगडियालाई कदरपत्र द्धारा सम्मान गर्नुुभयो । मोरङ र सुुनसरी जिल्लामा आनन्द इटाको आठवटा उधोग संचालन छन ।
उधोगमा विटर व्रिक नेपाल परियोजनाको सहकार्यमा एकिकृत हातेमालो समाजले विभिन्न चेतनामुुलुक कार्यक्रम संचालन गरेपछि दुुुवै उधोग वालश्रम मुुक्त वन्न सफल भएको हो । उधोगलाई वालश्रममुुक्त वनाउन विभिन्न रुपमा जनचेता मुलक तथा स्वास्थ्य सिक्षा सम्वन्धि काम गर्दै आएको छ । इटा वनाउने मजदुरको छोराछोरीको सिक्षाका लागी उधोग परिसरका विद्यालय संचालनमा ल्याएको उधोगका निर्देशक सौरभ अग्र्रवालले वताउनुुभयो ।
कार्यक्रमा वोल्दै प्रदेस न १ का उधोगवन , पर्यटन तथा वातावरण मंत्री जगदिस कुुसैयतले सवै इटाभटा उधोग वालश्रम मुुक्त हुुनुुपर्ने वताउनुु भएको छ । उहाले नेपालको अर्थतन्त्रमा इटाउधोगका भुुमिका महत्वपुुण रहेको वताउनुुभयो ।
आजका वालवालिका भविष्यका कर्णाधार भएकाले इटा उधोगमात्र होइन कुुनैपनि उधोगमा वाल मजदुुर प्रयोग गर्न नहुुनेमा उहाल जोड दिनुुभयो । प्रदेस न १ को उधोगलाई वढावा दिन प्रदेश सरकारले उधोगमैत्री निति ल्याउन लागेको उहाले वताउनुुभयो ।
मंत्री कुुसैयतले प्रदेस सरकारले विद्युुत , सडक तथा विकास निमार्णका पुुवाधार निमार्णका लागी ठुुलो वजेट लगानी गरेको भन्दै केहि वर्षमा नेपाली जनताले परिवर्तनको अनुुभुुती गर्ने वताउनुुभयो ।
कार्यक्रममा एकिकृत हातेमालो समाजका अध्यक्ष डिल्लराम गिरिले सकारात्मक सोचका साथ मुुलुुक वनाउने अभियानमा सवै लाग्नुुपर्ने वताउनुुभयो । उहाले अधिकारको लडाई समाप्त भएकाले अवको एकमात्र लक्ष्य मुुलुुकमा समवृद्धि कायम गर्नुुहो भन्नुुभयो ।
कोशी अन्चल इटा उधोग संघका अध्यक्ष्य महेन्द्र साहले सवै इटा उधोग वालश्रम मुुक्त भइ सकेको भन्दै उधोगको विकासमा राज्यको ध्यान जानुुपर्नेमा जोड दिनुुभयो । उहाले नेपालमा १४ सय इटा उधोग रहेको र सो उधोगमा साढे चारलाख मजदुुरले प्रत्यक्ष रोजगारी पाएको वताउनुुभयो । कार्यक्रमा ग्लोवल फेयरनेस इनिसेटिभका अध्यक्ष सुुरेश पडित, ,पत्रकार महासंघ मोरङका अध्यक्ष वन्धुु पोखरेल संस्थाका निर्देशक शंखर विमलीले, वाल श्रममुुक्त उधोग वनाउने अभियानमा सवैको सहयोग आवश्यक रहेकामा जोड दिनुुभयो ।
नेपालका ११ जिल्लाका ४० उद्योगका वेटर ब्रिक नेपाल परियोजना सञ्चालनमा रहेको एकीकृत हातेमालो समाजकी फिल्ड संयोजक सुनिता ताम्राकारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!