हिपमत डटकम

बिहिबार, आश्विन २७, २०७९ || 652  पटक पढिएको

वीरगन्ज । नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम केन्द्रिय सदस्य राजकुमार गुप्ताले घरदैलो कार्यक्रममा आफ्नो सक्रियता बढाएका छन् ।

केन्द्रिय सदस्य गुप्ताले घरदैलोको आज दोश्रो दिन पकाहामैनपुर गाँउपालिकाको वडा नम्बर १ र २ अन्तरगतका टोलहरु धोरे , मधुबनी , सुर्जाहा, मानिकपुर लगायतको गाँउहरुमा घरदैलो कार्यक्रम गरेका छन । घरदैलो कार्यक्रममा गाउँबासीहरुले नेपाली कांग्रेसको सरकारले शिक्षा , स्वास्थ्य , कृषि एवं पूर्वधार विकासमा ध्यान नदिई मात्र कार्यकर्ता पालन पोषणमा लागेको आरोप सहित गुनासो गरेका थिए ।

गाउँबासीहरुको गुनासो सुन्दै नेता गुप्ताले अब आउने चुनावमा जनताको पक्षमा काम गर्न नेकपा एमालेलाई मतदान गर्न अनुरोध गरेका थिए । नेता गुप्तालाई उत्साहित जनताहरूले गाउँ गाउँमा फूलमाला , अबिर लगाई स्वागत गरेका थिए । नेता गुप्ताले पर्सा क्षेत्र नम्बर ३ को बिकाशको लागि एमाले नेतृत्वका सरकार आवश्य पर्ने भएकोले एमालेलाई बिजयी गराउन आग्रह गर्नुभयो ।

क्षेत्र नम्बर ३ को बिकाशको लागि आफु पहिला देखि नै कार्यहरु गर्दै आएको र अधुरा बिकाश निर्माणको काम पुरा गर्न पुनः जिताउन नेता गुप्ताले आग्रह गर्नुभयो ।कार्यक्रममा नेकपा एमाले र जसपाका साझा प्रदेश सभा सदस्य(ख)का उम्मेदवार डा. मधु गुप्ता , एमाले जिल्ला कमिटीका उप सचिव संजिव मिश्रा,राष्ट्रिय युवा संघ पर्सा अध्यक्ष मोहमद निजाम , युवा संघका केन्द्रिय सदस्य रवि गुप्ता , नेता शिव पटेल , गाउँपालिका कमिटीका इञ्चार्ज विकास पाण्डेय ,उपाध्यक्ष कृष्ण कुशवाहा ,सचिव राजेश सहनी, पुर्व गाँउपालिका अध्यक्ष एवम पकाहामैनपुर गाउँपालिका निर्वाचन कमिटी अध्यक्ष बिचय चौरसिया , नेता हनिफ अंसारी , गम्भिरा साह , दीनानाथ साह , रामबाबु चौरसिया , लगायत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!